शक्तिशाली बिस्फोटमा यसरी जोगिएका थिए छोटु ठाकुर : दिए यस्तो दर्दनाक बयान



हाम्रो इकोनोमि

 

हिजो दिउँसो ५६ वर्षीय छोटु ठाकुर सुकेधारास्थित आफ्नै कार्यस्थल सैलुनमा ग्राहक कुरिरहेका थिए ।

आफ्नै धुनमा व्यस्त उनीलाई अचानक कसैले ढुंगा हानेजस्तो लाग्यो । उनले भने, ‘कसले के हान्यो भनेर ढोकातिर हेरेँ आँखा मधुरो भएर गयो, केही ठम्याउन सकिनँ ।’

जीउभरि ज्वलन्त वस्तु सल्बलाएजस्तो भयो र उनी ढले ।’ यतिबाहेक उनलाई केही सम्झना छैन । उनी सुकेधारा बम विस्फोटमा परेर गम्भीर घाइते भएका हुन् ।

घटनास्थलबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर ल्याउँदासम्म उनको छटपटाहट रोकिएन ।

शरीरभरि बमका छिटाहरूले बनाएका घाउ छन् । नाकमुखबाट रगत बगिरहेको छ । दुखाइ सहन नसकेर उनी भन्दै थिए, ‘म त बरु मर्न पाए पनि हुन्थ्यो, के भएको हो । म कहाँ छु ।’

विगत ३० वर्षदेखि राजधानीमा कपाल काट्ने काम गर्दै आएका उनको स्थायी घर महोत्तरीको रामनगर– १ मा पर्छ । परिवारमा कोही नभएको उनले बताए । उनले भने, ‘परिवार यो संसारमा छैनन् ।’

अस्पतालमा उनलाई कुर्ने कोही छैन । अस्पतालका प्रमुख डा.प्रमोद यादवका अनुसार घाइते ठाकुरको अवस्थाबारे अहिले केही भन्न सक्ने अवस्था छैन । उनले भने, ‘अहिले घाइतेको आकस्मिक उपचार मात्रै गरिरहेका छौं । रगत परीक्षण र एक्सरे रिपोर्टको नतिजा आएपछि मात्रै केही भन्न सकिन्छ ।’

बम विस्फोटमै परेका अर्का घाइते रविन केसीको भने अवस्था सुधार छ । उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ । उनको छाती र हातमा सामान्य चोट छ । नेक्रवित्रम चन्द समूहका कार्यकर्ता भएको आशंकामा प्रहरीले अस्पतालमै उनीमाथि छानबिन गरिरहेको छ ।

बम विस्फोटमा घाइते भएका ५ जनालाई भने चाबहिलस्थित ओम अस्पताल पुर्‍याएको छ । एक जनाको भने बाटो मृत्यु भएको र एक जनाको आईसीयूमा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाइतेका टाउको र खुट्टामा गहिरो चोट लागेको बताउँदै अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले भने, ‘घाइतेको नाम–ठेगानाबारे केही बुझ्न सकिएको छैन । हामी उपचार गरिरहेका छौं ।’ उपचाररत तीन जनाको अवस्था गम्भीर भएकाले शल्यक्रिया गर्ने तयारी भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...