सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, सगरमाथाको उचाइ ८,८५० मिटर



हाम्रो इकोनोमि

 

लामो समय देखि चर्चाको रुपमा रहेको विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई नापिएको छ । नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको हो । आज बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको बताएको छ ।

 

नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिनुभयो ।

 

नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने भएको छ । सगरमाथाको उचाइ कति भन्ने ५ महिनापछि मात्रै थाहा हुने ति अधिकारीले जानकारी दिए ।

 

सगरमाथाको उचाइ नाप्न नापी टोली गत चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो ।

 

उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो । उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो ।

 

अहिले विश्वभर भारतीय मापन नै आधिकारीक मानिएको छ । दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले आफैँ उचाइ नापोको हो । गएको महा–भुकम्पका बेला सगरमाथाको उचाई कम भएको भारतले पटकपटक दावा गर्दै आएको छ ।

 

सरकारी टोली सगरमाथा शिखरमा पुगेर उपकरण फिट गर्दैमा तत्कालै उचाइ पत्ता लाग्ने भने होइन । सबै प्रक्रिया टुंग्याएर डाटा प्रोसेसिङ गरि उचाइ निकाल्न अझै कम्तीमा ६ महिना लाग्ने महानिर्देशक जोशीले बताए । जमिनमा गर्ने सर्बेको काम अझै एक दुई महिना लाग्ने उनले बताए । तर सिजनकै बेला सगरमाथा आरोहण गर्नुपर्ने भएकाले शिखरको मापनको काम सकिएको हो ।

 

कतिपय ठाउँमा हेलिकोप्टरबाट सर्बे गर्नुपर्ने हुन्छ । अहिले विभिन्न ठाउँमा नापी विभागको टोलीले ग्राभिटी सर्बे र त्रिकोणमितीय प्रविधिको सर्बे पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...