५० लाख दिनुस् प्रधानमन्त्री केपी ओलीलाई मारिदिन्छु भन्ने युवा पक्राउ



हाम्रो इकोनोमि

 

‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई काठमाडाैँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङ रहेका छन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ शिर्षकमा प्रकाशित समाचारमा सलिम योञ्जन तामाङ भाई नाम फेसबुक आईडीबाट लालबहादुरले ‘५० लाख दिनुस्  ओलीलाई मारिदिन्छु’  भनेर कमेन्ट गरेका थिए । त्यसपछि उनको खाेजीमा रहेको अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

 

तामाङलाई बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ । दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...