५० लाख दिनुस् प्रधानमन्त्री केपी ओलीलाई मारिदिन्छु भन्ने युवा पक्राउ



हाम्रो इकोनोमि

 

‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई काठमाडाैँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङ रहेका छन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ शिर्षकमा प्रकाशित समाचारमा सलिम योञ्जन तामाङ भाई नाम फेसबुक आईडीबाट लालबहादुरले ‘५० लाख दिनुस्  ओलीलाई मारिदिन्छु’  भनेर कमेन्ट गरेका थिए । त्यसपछि उनको खाेजीमा रहेको अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

 

तामाङलाई बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ । दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...