१७० जना यात्रु लिएर सिंगापुर उडेको विमान दुर्घटनाग्रस्त



हाम्रो इकोनोमि

 

१७० जना यात्रु लिएर उडेको विमान दुर्घटनामा परेको छ । भारत चेन्नईको तिरुचिरापल्ली देखि सिंगापुर गइरहेको विमान आकस्मिक अवतरण गरिएको छ ।

आज चेन्नई विमानस्थलमा आकस्मिक अवतरण गरिएको र यात्रुहरु सुरक्षित भएको जनाइएको छ । तिरुचिरापल्लीबाट आज बिहानै विमानले उडान भरेको थियो ।

फाइल तस्वीर

उडेको केही समयपछि विमानको इन्जिनबाट धुँवा निस्केपछि अचानक अवतरण गरिएको हो । विमानमा धुँवा निस्केको कुरा पाइलटलाई जानकारी भएपछि उनले चेन्नई विमानस्थलका अधिकारीहरुसँग कुरा गरेर अवतरण गराएर सबैको ज्यान बचाएका हुन् ।

अधिकारीहरुका अनुसार विमान सुरक्षित रुपमा अवतरण गरिएको छ । विमान रोकिएपछि सबैलाई बाहिर निकालिएको जनाइएको छ । यस दुर्घटनामा कसैलाई पनि केही नभएको बताइएको छ ।

विमानमा के कारणले गर्दा धुँवा निस्केको भन्ने कुरा अहिले अनुसन्धान भइरहेको छ । विमानमा धुँवा देखिएपछि विमानस्थलमा दमकल पनि तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...