१७० जना यात्रु लिएर सिंगापुर उडेको विमान दुर्घटनाग्रस्त



हाम्रो इकोनोमि

 

१७० जना यात्रु लिएर उडेको विमान दुर्घटनामा परेको छ । भारत चेन्नईको तिरुचिरापल्ली देखि सिंगापुर गइरहेको विमान आकस्मिक अवतरण गरिएको छ ।

आज चेन्नई विमानस्थलमा आकस्मिक अवतरण गरिएको र यात्रुहरु सुरक्षित भएको जनाइएको छ । तिरुचिरापल्लीबाट आज बिहानै विमानले उडान भरेको थियो ।

फाइल तस्वीर

उडेको केही समयपछि विमानको इन्जिनबाट धुँवा निस्केपछि अचानक अवतरण गरिएको हो । विमानमा धुँवा निस्केको कुरा पाइलटलाई जानकारी भएपछि उनले चेन्नई विमानस्थलका अधिकारीहरुसँग कुरा गरेर अवतरण गराएर सबैको ज्यान बचाएका हुन् ।

अधिकारीहरुका अनुसार विमान सुरक्षित रुपमा अवतरण गरिएको छ । विमान रोकिएपछि सबैलाई बाहिर निकालिएको जनाइएको छ । यस दुर्घटनामा कसैलाई पनि केही नभएको बताइएको छ ।

विमानमा के कारणले गर्दा धुँवा निस्केको भन्ने कुरा अहिले अनुसन्धान भइरहेको छ । विमानमा धुँवा देखिएपछि विमानस्थलमा दमकल पनि तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...