ग्रिनसिटी अस्पतालको अवैध धन्दा : आवश्यकताअनुसारको बच्चा जन्माइदिने भन्दै रकम असुली



हाम्रो इकोनोमि

 

 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि युवायुवतीको ‘जिन’को कारण हुने गर्भमा हुर्किने बच्चाबारे गलत प्रचार गरी अवैध धन्दा चलाउँदै आएको पाइएको छ।

राजधानीलगायत देशभर रहेका केही अस्पतालहरुले जो कोही श्रीमान्रश्रीमतीलाई ‘छोरा या छोरी’ कुन बच्चा आवश्यक छ, सोहीअनुसार मेडिकल प्रविधिबाट बच्चा जन्माइदिने भन्दै लाखौँ रुपैयाँ शुल्क असुली गरेका केही कागजपत्र प्राप्त भएका छन् ।

यस अवैध कार्यमा पछिल्लो समयमा राजधानीको वसुन्धरास्थित रहेको ग्रिनसिटी अस्पतालबाट सो कार्य हुँदै आएको पीडितहरुले दुःखेसो गरेका छन् ।

सो अस्पतालले आवश्यक बच्चा के हो ‘छोरा या छोरी’ बताएपछि सोहीअनुसार बच्चा जन्माइदिने भन्दै सादा बिलमा शुल्क उल्लेख गरी असुली गर्दै आएको पाइएको हो भन्दै  समाचार प्रकाशन गरेको छ ।

सो अस्पतालले ग्यारेन्टीका साथ छोराको अवश्यकता भए छोरा नै र छोरीको अवश्यक भए छोरीकै जन्म गराउने दाबी समेत गरेको छ । विद्यमान जीवनचक्रलाई चुनौती दिँदै आएको अस्पतालले अहिलेसम्म कति सो काम ग(यो भन्ने रेकर्ड भने भेटिएको छैन ।

अस्पतालले टीयूएफको डिपोजिट भन्दै साधारण बिलप्याडमा १ लाख ७५ हजार रुपैयाँको बिल दिएको पाइएको छ । मानिसको स्वास्थ्यजस्तो संवेदनशील कुरामा राज्यका निकाय मौन बसेपछि निजी अस्पतालले विभिन्न नाममा ब्रह्मलुट नै गर्दा समेत कुनै कारबाही हुनसकेको छैन ।

एउटा अस्पतालको नामबाट भएको करोडौँको करछली र उक्त अवैध कार्यतर्फ सरकारको ध्यान जानसकेको छैन  ।

देशकै नमूना अस्पताल बनाउने भन्दै गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मिएका लोकबहादुर टण्डन अहिले सो ग्रिनसिटी अस्पतालको अध्यक्ष रहेका छन् ।

तत्कालीन समयमा गैरकानुनी तवरबाट सञ्चालन भएको युनिटीको लगानीबाट स्थापना भएको सो अस्पताल अहिले एकलौटी बनाएर अध्यक्ष टण्डनले अवैध धन्दा चलाउँदै आएको आरोप स्थानीय बासिन्दाहरुको छ ।

यसरी अवैधरुपमा संकलन गरेको रकमबाट यति हेल्थ साइन्स कलेज, टण्डन ग्लास हाउस लगायत विभिन्न व्यवसायसमेत चलाउँदै आएका छन् । सो सम्बन्धमा पटक–पटक टण्डनसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनको मोबाइलमा फोन घण्टी गए पनि उनले फोन ‘रिसिभ’ गरेनन् ।

अर्कोतर्फ अस्पतालले कुमारित्व गुमाएका महिलालाई पुनः कुमारित्व फर्काइदिने भन्दै अवैध धन्दा चलाइरहेको छ । यही धन्दाको हल्लाका भरमा उपत्यकाका केही निजी अस्पताल र निजी क्लिनिकमा अहिले बच्चा जन्माइसकेकादेखि लिएर विभिन्न कारणले कुमारित्व गुमाएका महिला कुमारी होइन्छ भनी दौडधूपमा लागेका छन् ।

नेपाली परिवेशमा कुमारित्वलाई शारीरिक सम्बन्ध नराखेकी स्त्री भन्ने सामान्य अर्थ लगाइन्छ । स्वास्थ्य विज्ञानले महिलाको योनिमा हुने झिल्ली अर्थात् हाइमिन नटुटेमा त्यसलाई कुमारित्व अर्थात् भर्जिनिटी रहेको भन्ने बुझाउँछ । उपत्यकाका ठूला भनिएका अस्पतालदेखि स–साना पोलिक्लिनिकले पनि ‘भर्जिन’ बनाउने धन्दा चलाइरहेका छन् ।

उपत्यकामा नाम चलेका अस्पतालहरू काठमाडौं अस्पताल त्रिपुरेश्वर, ग्रान्डी धापासी, केएमसी सिनामंगल, ओम अस्पताल, चाबहिल, मनमोहन अस्पताल छाउनी, अल्का अस्पताल, ग्रिनसिटी अस्पताललगायतले यस्तो अवैध धन्दा चलाउँदै आएको भेटिएको छ ।

सो विषयमा आएकाहरुसँग अस्पतालले न्यूनतम प्रतिव्यक्ति ७५ हजार रुपैयाँदेखि माथि जति पनि असुली गर्दै आएको पीडितहरुको भनाइ रहेको छ ।

उपत्यकाका अस्पताल र निजी स्वास्थ्य संस्थाहरूले कुमारित्व गुमाएका महिलालाई फेरि कुमारी बनाइदिने भन्दै गैरकानुनी र अनैतिक धन्दा चलाएका हुन् । महिलाहरूको भर्जिनिटी एकपटक गुमेपछि त्यो फेरि फर्काउन नसकिने स्त्रीरोग विशेषज्ञहरू डाक्टर भोला रिजालको भनाइ छ ।

तर पनि नेपालमा हुनै नसक्ने अप्रेसनको नाटक गरेर एकातिर कमाउ धन्दा भइरहेको छ भने अर्कोतिर सामाजिक मनोविज्ञानलाई समेत ख्याल गरिएको छैन । यस्तो धन्दा ठगी र झुटको खेतीबाहेक अरू केही नभएको सम्बन्धित क्षेत्रका विज्ञ डाक्टरको भनाइ छ ।

२०७४ सालमा चर्चित रहेको ‘सरोगेसी’को नाममा महिलाको शरीरमाथि खेलबाड र खुलेआम दलाली भएकाबारे समाचार प्रकाशन भएपछि स्वास्थ्य क्षेत्रमा अवैध धन्दाको कारोबार हुने गरेको ठहर भएको थियो ।

सो अवैध धन्दालाई सर्वोच्च अदालतबाटै अवैध भन्दै फैसला गरेपछि सो धन्दा केही नियन्त्रण भएको छ । तर, कमाउनकै लागि अस्पताल खोलेकाहरुले रातारात धनी बन्ने उद्देश्यका साथ असम्भव कुरालाई पनि गरिदिने भन्दै ठगी गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...