सेकेन्ड म्यारिजमा रमाउनेहरू !



हाम्रो इकोनोमि

 

टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने र चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेलबीच शुक्रबार बिहे भयो । यो दुवैका लागि दोस्रो बिहे थियो । अर्थात्, सेकेन्ड म्यारिज ।

 

नेपाली समाजमा सेकेन्ड म्यारिजको प्रचलन बढ्न थालेको छ । सामाजिक रूपमा ‘दोस्रो पोइल अथवा जोइल’ भन्ने प्रचलनले अब वैधानिकता पाउन थालेको छ । यो वैधानिकताको प्रचारप्रसार सेलिब्रिटीबाट नै हुन थालेको छ ।

लामिछाने र पौडेलको बिहेमात्र होइन, कतिपयको सेकेन्ड म्यारिजका घोषणा भइरहेका छन् । फूलमाला गरेका र असारमा बिहेको तयारीमा रहेका भनिएका प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठको सम्बन्ध पनि चर्चामा छ । आयुष्मानका लागि पहिलो भए पनि कार्कीका लागि यो दोस्रो बिहे हुँदैछ । यसअघि उनी रोचक मैनालीसँग बिहे गरी अमेरिका छिरेकी थिइन् ।

नेपाली फिल्म उद्योगसँग सम्बन्ध राख्ने धेरैका यस्ता सेकेन्ड म्यारिज छन् । खासगरी नाम चलेका कलाकारका पनि । यसै मध्येमा पर्छन् अभिनेता निखिल उप्रेती र संचिता लुइँटेल । यो जोडीका दुवैका लागि दोस्रो बिहे थियो ।

त्यसो त दोस्रो बिहे गरेर विदेशमा भासिने कलाकार पनि कम छैनन् । धेरै अभिनेत्री कान्छी पत्नी हुने चर्चाका रूपमा पनि आएको थियो । सूरज चन्दसँग बिहे गरेकी अभिनेत्री पूजा चन्दले अमेरिकामा दोस्रो बिहे गरिन् । अहिले उनी पारिवारिक जीवन राम्रोसँग चलेको बताउँछिन्, बेलामौका ।

 

सेकेन्ड म्यारिज गरी जीवनलाई अगाडि बढाउने मध्येका कलाकारमा पर्छन्, भुवन केसी । उनी तेस्रो बिहेको तयारीमा रहेको पनि चर्चा छ । सुस्मिता बोमजनसँग उनको दोस्रो बिहे थियो, जसबाट अभिनेता अनमोल केसीको जन्म भएको थियो । सुस्मिताले पनि विदेशी पुरुषसँग बिहे गरिसकेकी छन् ।

‘यस्ता धेरै नेपाली कलाकारले अनेक मोडमा आएर दोस्रो बिहे गरेका छन् । पर्याप्त उदाहरण सतहमा देखिएकै छन्’, एक निर्माता भन्छन् ।

 

अभिनेत्री रेखा थापासँग दोस्रो बिहे गरेका थिए, निर्माता छविराज ओझाले । ओझा र थापाको वैवाहिक सम्बन्ध राम्रो नभएपछि थापा अर्को बिहेको तयारीमा छिन् भने ओझाको अभिनेत्री शिल्पा पोखरेलसँग लिभ इन रिलेशन रहेको चर्चा छ । कतिपयले भने उनीहरूले बिहे नै गरिसकेको पनि दाबी गर्छन् । ओझाको यसअघि अभिनेत्री गीताञ्जलीसँग बिहे भएको थियो, जसको आत्महत्या भएको बताइन्छ ।

 

पत्नी मिराको निधन भएपछि विछिप्त भएका कलाकार हरिवंश आचार्यले पनि रमिला पाठकसँग दोस्रो बिहे गरेका थिए । बसुन्धरा भुसालको मध्यस्तताका आधारमा रमिलाले पनि आचार्यलाई स्वीकारिन् । यो पनि दुवैका लागि दोस्रो बिहे थियो ।

 

कतिपय कलाकारले गाँसेको पहिलो सम्बन्धमा मनमुटाव हुने, रहरै रहरले गाँस्ने र परिपक्व भएपछि त्यस्ता सम्बन्ध तोडिने गरेका छन् । जीवनलाई एकल हिसाबले सहज रूपमा चलाउन नसकिने भएपछि धेरैले दोस्रो लगन कस्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...