काठमाण्डौमा यसरी तोकिन्छ युवतीको रेट,यसरी हुन्छ धन्दा



हाम्रो इकोनोमि

 

अनैतिक त्रियाकलापमा संलग्नको आरोपमा नेपाल प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रबाट २८ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टबाट अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्रेको हो ।

पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले गोंगबु स्थानीयको गुनासोका आधारमा प्रहरीले छापा मार्दा अनैतिक क्रियाकलाप गरेको भेटिएको बताए ।

छापा मार्न गएको प्रहरीलाई घस अफर छापा मार्न पुगेको प्रहरी टोलीलाई केही खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले प्रभावमा समेत पार्न खोजेका थिए । प्रहरीका अनुसार, बिजीमल नजिक सञ्चालित पूजा रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीले अनुगमनमा पुगेको प्रहरी टोलीलाई १८ हजार अफर गरेका थिए ।

प्रहरी उपरीक्षक प्रसाईंका अनुसार, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पछिल्लो समय देह व्यापार हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत हप्तामात्र अनैतिक क्रियाकलापमा संलग्न १२५ जनालाई प्रहरीले पक्रेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...