जन्ती आयो, छोरीले विवाह गर्न नमानेपछि आमा नै हिँडिन् दुलाहासँग !



हाम्रो इकोनोमि

 

भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरिन् । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।

’स्रोतका अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए ।

त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

 

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् ।

मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् ।

परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् ।

दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।छोरीले दुलाहा अस्विकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो।

जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् ।

बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...