भोजपुर सदरमुकाममा आगलागी



हाम्रो इकोनोमि

 

भोजपुर सदरमुकाम नजिकैको पोखरे क्षेत्रमा आगलागी भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।

 

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न सकेको छैन ।

खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पर्याप्त नहुँदा क्षती तथा जोखिमको संभावना बढ्दो छ । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...