रिनाकाे मृत्यु कारण, प्रेमी भनिएका कमल नेपाल छुटे



हाम्रो इकोनोमि

 

पथरीकी रिना बस्नेतको मृत्यु प्रकरणका अनुसन्धानहरुले उनको हत्या नभएको ठहर गरेको छ । रिनाको मृत्यु प्रकरणमा सोधपुछ र अनुसन्धानका लागि पक्राउ परिएका रिनाको प्रेमी भनिएका कमल नेपाल बुधबार दिउँसो रिहा छुटे छन् ।

 

नग्न अवस्थामा आफ्नै कोठा अगाडि मृत भेटिएकी रिनाको तीन तलाबाट लडेरै भएको प्रहरीले अन्तिम निष्कर्ष निकाले पछि नेपाल १० हजार धरौटीमा रिहा भएका हुन ।

 

घट्नाको शुरुदेखि रिनाको हत्या नभई लडेर मृत्यु भएको बताउँदै आएको प्रहरीले रिनाको ब्वाईफेण्ड भनिएका नेपाललाई पक्राउ गरी सार्वजनिक मुद्धामा म्याद थपेर अनुसन्धान गर्दै आएको थियो । कमलले रिना मृत्युमा कुनै संलग्न नदेखिएको कारण उनी छुटेका हुन् ।

 

यसअघि अनुसन्धानमा खटिएका एक प्रहरीले भने कमल नेपालको रिनाको मृत्युसँगै कुनै तालमेल नमिलेको कारण छुट्ने बताएका थिए । पोष्टमार्टम रिपोर्टले पनि रिनाको हत्या नभई लडेर नै भएको बताए सँगै प्रहरीले अनुसन्धानको लागि मात्र कमल नेपाललाई पक्राउ गरेको जनाएको थियो ।

 

नेपाललाई अभद्र ब्यवहार मुलुकी फौजदारी अपराधान संद्यिता २०७४ को दफा ११८ मा मुद्धा दायर भएको थियो । सो मुद्धामा बुधबार दिउसो जिल्ला अदालत मोरङको आदेशमा १० हजार धरौटी बुझाएपछी उनी रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...