‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा दुई युवक पक्राउ



हाम्रो इकोनोमि

 

सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट प्रहरीले दुइ युवकलाई नियन्त्रणमा लिएको छ । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

 

२८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् । केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै शाहीका श्रीमती शक्ति क्षेत्रीले स्वास्थ्य अवस्था नाजुक हुन सक्ने बताए । गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमासर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ । शाही युवा शक्ति नेपालले भने दुबैलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...