ठाकुर गैरे र राजेन्द्र राई नेकपाको पोलिटब्यूरोमा अटेनन्



हाम्रो इकोनोमि

 

नेकपा शीर्ष तीन नेताको लामो रस्साकस्सीपछि पोलिटब्यूरोको सूचि तयार भएको छ । घोषणा गर्न बाँकी रहेको पोलिटब्यूरो सूचिमा पूर्वएमालेका दुई प्रभावशाली नेता ठाकुर गैरे र राजेन्द्र राई अट्न सकेनन् ।

 

एमालेको आठौ राष्टिय महाधिबेशनदेखि ठाकुर गैरे र राजेन्द्र राई केन्द्रीय सदस्य बनेका थिए । तीन कार्यकाल केन्द्रीय सदस्य बनिसकेका गैरे र राई पार्टी एकतापछि पोलिटब्यूरोको सूचिमा पर्न सकेनन् । गैरे र राईलाई पोलिटब्यूरो सदस्य बनाउन बरिष्ठ नेता माधव नेपालले निकै ठुलो कसरत गरेका थिए । तरपनि नेपालको कसरत काम लागेन ।

 

पूर्वएमालेबाट ८१ नेता पोलिटब्यूरो सदस्य बन्दैछन् । ६१ पूर्वपोलिटब्यूरो सदस्यहरु कायम रहेपनि २० नयाँ अनुहार पोलिटब्यूरोमा आउँदैछन् । २० जनामा गैरे र राईको नाम समावेश गरिएको छैन ।

 

औठौ राष्टिय महाधिबेशनबाट केन्द्रीय सदस्य बनेका ठाकुर गैरे निरन्तर केन्द्रीय सदस्य छन् । बिद्यार्थी राजनीतिबाट उदायका गैरे पार्टीभित्रको गुटबन्दीमा सवैभन्दा बढी प्रताडित नेता हुन् । गैरेलाई पाल्पाबाट गत निर्वाचनमा चुनाब लडाउने तयारी गरिएको थियो ।

 

अन्तिम समयमा आएर उनी गुटको शिकार बने । त्यसपछि गैरेलाई राष्टियसभाको उम्मेद्धार बनाउने हल्ला चल्यो । तर कोमल ओली राष्टिय सभाको सांसद बन्दा गैरे सांसद बन्न सकेनन् । पार्टी शीर्ष नेताका नजरमा गैरेभन्दा कोलम ओली नै क्रान्तिकारी साविन भइन ।
यतिबेला २० जना पोलिटब्यूरोमा नयाँ सदस्य थपिदा गैरे पनि थपिने निश्चित थियो । तर ओली समुहले गैरेको बाटो छेक्यो । गैरेलाई ल्याउन महासचिव बिष्णु पौडेलदेखि अध्यक्ष ओलीसम्म अनिच्छुक बने ।

 

अर्का युवा नेता राजेन्द्र राई पनि औठौ महाधिबेशनदेखि पार्टीको केन्द्रीय सदस्य छन् । आठौ राष्टिय महाधिबेशनमा उनी बैकल्पिक केन्द्रीय सदस्य भएका थिए । त्यसयता उनी केन्द्रीय सदस्यका रुपमा रहँदै आएका छन् । यतिबेला पोलिटब्यूरो सदस्य बन्ने सूचिमा उनको नाम पनि थियो । तर संघिय समाजवादी फोरमबाट फर्केका बिजय सुब्वालाई पोलिटब्यूरो सदस्य बनाउँदा राई फुत्केका छन् । वरिष्ठ नेता नेपाल बिजय सुब्वाका ठाउँमा राईलाई पोलिटब्यूरो सदस्य बनाउने कसरतमा थिए । तर पार्टी अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनको पनि बाटो रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...