बालबालिका सुतेको कोठामा सेक्स गर्दा हुन्छ यस्तो जोखिम !



 

डा. दिनेश बाँस्तोला पश्चिमा समाजमा प्रायः बालबालिकालाई सँगै सुताउने प्रचलन छैन ।

नाबालकै उमेरमा पनि उनीहरुलाई अलग्गै सुताउने प्रचलन देखिन्छ ।

तर नेपाल, भारतलगायतका पूर्वीय समाजमा भने बाल–बालिकाको निश्चित उमेर नपुगेसम्म बाबु–आमासँगै सुताउने प्रचलन छ ।

हेरचाह र ममता र अभिभावकसँगको निकटताको हिसाबले यो राम्रो पनि मानिन्छ । तर बालबालिकालाई आफूसँगै सुताउँदा केही विषयमा अभिभावक सचेत हुन आवश्यक छ । पहिलो यौन सम्बन्ध नै हो ।

बालबालिका सानै छ भनेर सँगै सुताएर निदाएको समयमा आमा–बाबु यौन सम्बन्ध राख्न सक्छन् ।

सानै छ के थाहा पाउँछ र भन्ने लाग्न सक्छ । तर यो भ्रम हो । सँगै सुतेको बच्चा निदाएको छ भने पनि उसले बुबा–आमाको गतिविधि थाहा पाउने सम्भावना बढी हुन्छ ।

बालबालिका सुतेको कोठामा बुबा–आमाले यौनिक चुम्बन गर्ने, स्तन चलाउने, यौनाङ्गमा हात लैजाने जस्ता गतिविधि समेत नगरे उत्तम । बच्चाले त्यसको सिको गर्ने जोखिम हुन्छ ।

जन्मिएको दुई महिनाभित्र बच्चाको ९० प्रतिशत मस्तिष्क विकास भइसकेको हुन्छ । बोल्न नसक्ने र प्रतिक्रिया नजनाउने भएकाले बालबालिकाले थाहा पाएका छैनन् भन्ने लाग्नसक्छ । तर आमा–बाबुले बोलेको, उनीहरुका गतिविधिबारे उनीहरु जानकार हुन्छन् ।

यस्तो अवस्थामा बालबालिकासँगै सुतेको अवस्थामा निदाए पनि यौनसम्बन्धी गतिविधि गर्दा उसको अचेतन मस्तिष्कले त्यो भण्डारण गरेर राखेको हुन्छ ।

भविष्यमा जब महिला र पुरुषबीचको निकटता र सम्बन्धबारे जानकार हुन्छन् त्यो अवस्थामा बालबालिका हुँदै अभिभावकले गरेको गतिविधिको प्रभाव देखिन सक्छ ।

बच्चा सुतेको कोठामा पनि यौन क्रियाकलाप गर्नु उपयुक्त हैन । एउटै ओछ्यानमा बच्चालाई पनि सुताएर बुबा–आमाले यौन क्रियाकलाप गर्दा बच्चाले बढ्दै जाँदा आफ्ना बानी व्यवहार पनि बुबा–आमाबाट सिकेको यौन क्रियाकलाप जस्तै व्यवहारमा उतार्न सक्छ ।

केही बालबालिकाले तकिया खुट्टाको बिचमा च्यापेर उफ्रिने, बालबालिकाबीच नै एक अर्कोमा घोडा चढी खेल्ने गरेको देखिन्छ । यो अभिभावकले थाहा पाउँदैन भनेर यौन गतिविधि गर्दाको प्रभाव हो ।

साना बालबालिकाले यौन सम्बन्धको समयमा झँै व्यवहार देखाए पनि उनीहरुले आफूले के गरिरहेको हो भन्ने जानकारी भने पाएका हुँदैनन् । उनीहरुको मस्तिष्कमा परेको प्रभावको परिणाम मात्र हो यो । तर उसले गर्ने गतिविधिले अभिभावकको लापरबाही व्यवहार समाजले चाल पाउँदा समस्या हुन्छ ।

बाल स्वभाव जे नगर भन्यो त्यही गर्न खोज्ने हुन्छ । यौन गतिविधिझँ देखिने उनीहरुको व्यवहार सुधार्न प्रयास गरे पनि आफूले गरिरहेको गतिविधि के हो भन्ने जानकारी नहुँदा बालबालिकाले त्यस्ता गतिविधि दोहो¥याइरहन्छन् । जसले अभिभावकलाई नै समस्या आउँछ ।

त्यसैले नाबालकै भए पनि एउटै ओच्छ्यानमा सुतेको अवस्थामा, एकै कोठामा अलग्गै बेड भएको अवस्थामा पनि अभिभावकले यौन गतिविधि नगर्नु राम्रो । निश्चित उमेर पार गरेका बालबालिका छन् भने त यस्तो गतिविधिमा थप सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा