राति ९ बजे ३ तला माथिबाट खसेकी पूजाको साढे १० बजे अस्पतालमा मृत्यु (पुरा विवरण हेरी शेयर गर्नुहोस्)



हाम्रो इकोनोमि

 

 

तीन ताला माथिबाट खसेर सुनसरीमा एक किशोरीको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका–६ संगित चोकमा घरको ३ तला माथिबाट खसेर पूजा शर्माको आइतबार मृत्यु भएको हो ।

शर्मा कुवेर शर्माको घरमा डेरा गरी बस्ने बाबुलाल शर्माकी १७ वर्षीय छोरी रहेको बताइएको छ।

आइतबार ९ बजेको समयमा ३ तला माथिबाट खसेर घाइते भएकी थिइन्।उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो।

तर गम्भीर घाइते शर्माको राति साढे १० बजे उपचारकै क्रममा मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृतकको शव शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।मृतक पुजाले इटहरीस्थित कस्तुरी कलेजमा भर्खरै बिबिएस दोस्रो बर्षमा राम्रो अंक ल्याएर परिक्षा पास गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...