खुशीको खबर! अब आफ्नै घर बनाउने सपना साकार पार्न मासिक ९ हजारमा एभरेष्टको किस्ता योजना ! हेर्नुहोस के-के छ त यो योजनामा



हाम्रो इकोनोमि

 

नेपालको एक अग्रणी बैंक एभरेष्ट बैंकले मध्यम बर्ग र निम्न वर्गीय परिवारका लागि होम लोन स्कीम सार्वजनिक गरेको छ ।

‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारा सहित एभरेष्ट बैंकले न्यूनतम सरल मासिक किस्ता ९५९९ रुपयाको होम लोन ल्याएको हो ।

बैंकले यस अभियान अन्तर्गत ग्राहकहरुलाइ सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन दिने भएको हो।

बैंकले यस अभियानको फाइदा उठाउँदै आफ्नो ग्राहकहरु तथा सबै लाइ आफ्नो घर बनाउने सपना पूरा गर्न प्रेरित गरेको छ । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बैंक ले बताएको हो ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

हाल देश भर आफ्नो ९४ वटा शाखाहरु फ़ैलाइसकेको बैंकले २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम सहित बृहत बाह्य सन्जाल मार्फत ३ करोड नेपाली लाइ आर्थिक सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...