एयरपोर्टका पसल बन्द, पर्यटक प्याकप्याक



हाम्रो इकोनोमि

 

नेपालको रमणीयता हेर्न आएका पर्यटक जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किन थाल्छन्, तब एक घुट्को पानी पिउन नपाएर प्याक–प्याक हुँदै फर्किनुपर्ने बाध्यता शुरु भएको छ ।  एयरपोर्टको अन्तिम प्रस्थान कक्ष (स्टेरलाइज एरिया) बाट अत्यावश्यक सामग्री विक्रि हुने पसल बन्द गरिँदा पर्यटकहरु यस्तो मारमा परेका हुन् ।

 

प्रश्न उठेको छ कि, एउटा विदेशी काठमाडौं उत्रिएदेखि एयरपोर्टबाटै यहाँको भद्रगोल, अव्यवस्था र बेथिती भोग्दै जान्छ । र, फर्किनेबेला त्यति नै सास्ती खेप्नु परेपछि उसले फेरि नेपाल आउँछु भन्छ कि भन्दैन होला ?

 

यही स्थितिका कारण विदेशीहरु ‘फेरि–फेरि नेपाल आउँछु’, हैन कि, ‘यस्तो ठाउँमा फर्किएर आउनु नपरोस्’ भन्न थालेका छन् । विमानस्थल विस्तारका नाममा स्टेरलाइजसहितका विभिन्न क्षेत्र भत्काइँदैछ । धावनमार्ग पुनःनिर्माणका नाममा विदेशबाट आउने जहाजलाई लामो समय आकाशमै वा भारतीय विमानस्थलहरुमा होल्ड गराइएको छ भने यताबाट उड्नुपर्ने जहाजको तालिका गड्बड हुन थालेको छ । यस्तो अवस्थामा स्टेरलाइज एरियामा बसेर उडान समय पर्खिने यात्रुलाई पानी, चिया, कफी, चुइङ्गम, बिस्कुटजस्ता सानातिना चिज चाहिएको हुन्छ । तर, आजकल त्यहाँ ती पसल बन्द गरिएका छन् ।

 

स्टेरलाइजभित्र छिरेको यात्रुले फर्किएर सामान किन्छु भन्यो भने सुरक्षाका कारण आवत–जावत गर्न दिइँदैन । त्यसमाथि छिर्ने र निस्कने अलग–अलग व्यवस्थाका कारण त्यो कुरा सम्भव पनि छैन । यस्तो भद्रगोल भएपछि विमानस्थलका जिम्मेवार अधिकारीहरु आफ्नो परिचय खुल्ने पास लुकाएर स्टेरलाइज छिर्नुपर्ने बाध्यता छ ।

केही दिनअघि एकजना हाकिम पाससहित स्टेरलाइज एरिया पुग्दा यात्रुको घेराउमा परेका थिए । कारण हो, पानीजस्तो अति आवश्यक चिज पनि उपलब्ध नगराइनु र त्यही कारण एकजना रक्तचापको समस्या भएका विदेशी यात्रु अर्धचेत अवस्थामा पुग्नु । यात्रुहरु भन्दै थिए भनी आजको जनआस्थामा समाचार प्रकाशित भएको छ कि, ‘यिनले दुई घुड्को पानी पिउन पाए श्वास फेरेर नेपाल छाड्थे । तर, यो स्थितिले बाँचेर फर्किने कि मरेर, टुंगो भएन ।’

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...