जन्माएको बच्चा बाँसघारिमा फ्यालेकी आमाको बयान सुनेर सबै चकित !



हाम्रो इकोनोमि

 

पाेखरामा एक आमाले बच्चा जन्मने बितिकै बच्चालाई बाँसघारीमा फालेर हिँडेकी थिइन् । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकै उक्त घटना घटेकाे हाे ।

बाँसघारीमा नवजात शिशु फेला परे पछि स्थानीय जम्मा भएर प्रहरीलाई खबर गरे । प्रहरीले घटना स्थलमा पुगेर सोधपुछ गरेर शिशुकाे आमा पत्ता लगायाे ।

बच्चा फाल्ने महिला उदयपुर घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगर रहेकाे प्रहरीले बताएकाे छ ।

प्रहरीले सोधपुछ गर्न थालेपछि मगरले बच्चा फालेको स्वीकार गरिन् । बैवाहिक सम्बन्ध पछि गर्भवती भएकी सीमालाई केहि समय अघि श्रीमानले छाडेपछि एक्लै पोखरामा मजदुरी गर्दै आएकी थिईन् ।

आर्थिक अवस्था कमजोर भएकी सीमालाई बच्चा पाल्ने आँट आएन ।

जन्मि सकेको बच्चा मार्ने हिम्मत पनि उनले गरिनन् र पाल्न नसक्ने भएपछि घर आडैको बाँस घारिमा लगेर फ्याँकि दिईन्, ताकि अरुले देखोस् र कसैले लगेर पालोस् भनेर ।‘मेरो बच्चाको माया धेरै छ। तर पाल्ने अवस्था छैन । मार्न पनि सकिन, प्रहरी सँगको बयानमा उनले भनिन्–कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।’ सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी छ । सीमा पोखरामा मजदुरी गरेर बसिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...