जन्माएको बच्चा बाँसघारिमा फ्यालेकी आमाको बयान सुनेर सबै चकित !



हाम्रो इकोनोमि

 

पाेखरामा एक आमाले बच्चा जन्मने बितिकै बच्चालाई बाँसघारीमा फालेर हिँडेकी थिइन् । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकै उक्त घटना घटेकाे हाे ।

बाँसघारीमा नवजात शिशु फेला परे पछि स्थानीय जम्मा भएर प्रहरीलाई खबर गरे । प्रहरीले घटना स्थलमा पुगेर सोधपुछ गरेर शिशुकाे आमा पत्ता लगायाे ।

बच्चा फाल्ने महिला उदयपुर घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगर रहेकाे प्रहरीले बताएकाे छ ।

प्रहरीले सोधपुछ गर्न थालेपछि मगरले बच्चा फालेको स्वीकार गरिन् । बैवाहिक सम्बन्ध पछि गर्भवती भएकी सीमालाई केहि समय अघि श्रीमानले छाडेपछि एक्लै पोखरामा मजदुरी गर्दै आएकी थिईन् ।

आर्थिक अवस्था कमजोर भएकी सीमालाई बच्चा पाल्ने आँट आएन ।

जन्मि सकेको बच्चा मार्ने हिम्मत पनि उनले गरिनन् र पाल्न नसक्ने भएपछि घर आडैको बाँस घारिमा लगेर फ्याँकि दिईन्, ताकि अरुले देखोस् र कसैले लगेर पालोस् भनेर ।‘मेरो बच्चाको माया धेरै छ। तर पाल्ने अवस्था छैन । मार्न पनि सकिन, प्रहरी सँगको बयानमा उनले भनिन्–कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।’ सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी छ । सीमा पोखरामा मजदुरी गरेर बसिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...