मृतक अञ्जनाको कोठामा पुग्दा देखियो यस्तो दृश्य



हाम्रो इकोनोमि

 

गत विहिबार दिउँसो दिनदहाडै जेठाजु उज्ज्वल महतद्वारा आफ्नै बुहारी अञ्जना महत लामा माथि खुकुरी प्रहार गरी निर्मम हत्या गरेको खबर बाहिरिएपछि घटनाको बास्तबिकता जान्नको लागि पिएनपिमिडियाको टिम महतको घर पुगेको थियो।

युट्युबमा भाइरल बनाउनको लागि घटना बारे अतिरन्जित पार्ने खालको शिर्षक राखेर भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै मिडियाप्रति गुनासो पोख्दै आएका महत परिवारले दुई दिन देखि घर वरपर कुनै पनि मिडियाकर्मीलाई पस्न दिएका थिएनन्।

घटनाको वास्तविकता बुझ्नको लागि गएको हाम्रो टोलीले भने मृतकको कोठा भित्रै गएर सत्य तथ्य पत्ता लगाउन प्रयत्न गरेको छ।

अन्जना लामा महतको कोठाभित्र पुग्दा रग्तामै भएको सिरक, ओछ्यान डस्नालाई बाहिर निकालेर कोठामा फिनेल हालेर सरसफाई गर्न व्यस्त थिए महत परिवार ।

यसैबीचमा घटनाबारे परिवारसँग कुराकानी गर्न खोज्दा परिवारका कुनै सदस्य बोल्न चाहेनन्।

अभियुक्त उज्ज्वल महतका मामाले भने विगत छ महिना देखि मानसिक सन्तुलन ठिक नभएको र घटना हुनुभन्दा केहि दिन अघि देखि नै एकोहोरो भईरहेकोले झारफुक गर्न समेत् लगेको बताए ।

घटना घटेको दिन घरमा आमा उज्ज्वल र अञ्जना मात्र रहेको र आमाको कोठा माथिल्लो तल्लामा रहेको कारण कुनै जानकारी पाउन नसकेको महतका मामाले बताए।

बुहारीको हत्या गरेपछि जेठाजु उज्ज्वल महतले आफैले आमालाई ‘बुहारीको हत्या गरे प्रहरी बोलाउनुस’ भनिरहेका थिए।

महतका मामाले हुँदै नभएको समाचारको शिर्षक राखेको र भाडामा बस्ने कसैले पनि नदेखेको तर मिडियाले भने घरको व्यक्तिलेभन्दा अघि भाडामा रहेका व्यक्तिले देखेको भनेर तथ्यहिन समाचार उल्लेख गरेकोमा दुख व्यक्त गरेका छन्।

पछिल्लो समयमा यस्ता हत्या हिसाका घटना प्रति सरकार तथा प्रहरी प्रसाशनको ध्यानाकर्षण गराउनु जरुरी देखिन्छ ताकि अन्जाना जस्ता कुनै पनि निर्दोष व्यक्तिले अकालमै ज्यान गुमाउन नपरोस।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...