चटपटे बेचेर पढ्दै, भाईलाई पढाउँदै अनी बिरामी बुवाको रेखदेख गर्दै दिपक ! सम्मान स्वरूप शेयर गरौ !



हाम्रो इकोनोमि

 

१५ बर्षीय दिपक । दैनिक उपल्लो तम्घासदेखि खानीगाँउ चौडाहासम्म चोक–चोकमा भेटिन्छन् । चटपट मात्रै हैन, बोली पनि मिठ्ठो छ । त्यसैले परैदेखे पनि सबैले चटपट बोए भनेर बोलाउँछन् ।

उनी चटपट बेचेरै आफु पालिएका छन् । भाईको पालन पोषण र पढाई उनकै काँधमा छ । दिउँसभरमा एक हजारदेखि १५ सयको चटपट बेच्छन् । दैनिक खर्च कटाएर सरदरमा पाँचदेखि सात सय आम्दानी हुने गरेको छ ।

६ बर्षदेखि बेसाहारा

दिपक र अर्जुनको घर प्युठान गौमुखी गाउँपालिका २ अर्खा हो । उनलाई मजदुरीकै क्रममा आमाले तम्घासमा जन्माइन । दिपक नौ बर्षको हुँदा आमाको मृत्यु भयो । बुबा मानसिक रोगी छन् । तीन बर्ष अघि दिपकले भाई अर्जुनलाई छिमेकीकोमा छोडर वुटवल झरे । विभिन्न होटलमा काम गरेर करिव ५० हजार कमाए । त्यो पैसा बोकेर गत बर्ष फागुनमा तम्घास आए । दुई महिना मुसिकोट होटलमा काम गरे । सोचे जस्तो भएन, त्यो पनि छोडेर भगवति मन्दिरमा कोठा भाडामा लिए । दुई भाईले चटपट व्यापार थाले ।

१२ बजे नै बिद्यालय छोड्छन

आमासंगै बाल्यकालमै श्रमिक बनेका दिपकले पढ्न पाएनन् । गाउँकै स्कुलमा दुई कक्षासम्म पढे । उनी जेनतेन अक्षर चिनेपछि आमासंगै काम खोज्न हिडे । अहिले बल्ल उपल्लो तम्घास माविको कक्षा ३ मा भर्ना भए । भाईलाई कक्षा १ मा भर्ना गरे । ‘मेरो भन्दा भाईको पढाईको चिन्ता भएर भर्ना गरे’, उनले भने, ‘मैले पनि तीन पिरेड पढिरहेको छु ।’ उनले दिउँसो १२ देखि साँझ ७ बजेसम्म चटपट नबेचे गुजरा चल्दैन । त्यसैले पढाई छोडनुपर्ने बाध्यता दिपकलाई छ ।

आफै पौरख गर्छु

दिपक दैनिक बिहान ५ बजे उठ्छन् । दिउँसो बेच्ने चटपटको सवै सामग्रीहरु ठिक्क पार्छन् । साढे नौ बजे स्कुल पुग्छन् । १२ बजे स्कुलबाट फर्किन्छन् । कोठा भाडा मासिक एक हजार हो । त्यो बाहेक बिद्युत, खानेपानी, ग्यास चामल र तरकारी गरेर मासिक पाँचदेखि सात हजार खर्च हुने दिपकले बताए । चटपटबाट मासिक १० देखि १२ हजार कमाई भएपनि खर्च कटाएर चार÷पाँच हजार बचत गर्ने उनको भनाई छ । जन्मदर्ता नभएका कारण बैंकमा खाता खोल्न समस्या भएको दिपकले गुनासो गरे । ‘म संग सीप छ, अव अरुकोमा काम गर्दिन, आफै पौरख गर्ने हो’, उनले भने, ‘मलाई अहिले जन्म दर्ता र पछि नागरिकता भए पुग्छ ।’

डान्सर बन्ने सोखमा अर्जुन

दिपक र अर्जुन केहि दिन अघि उपल्लो तम्घास माविको बार्षिक उत्सवमा पुगे । बार्षिक उत्सवमा आफैसंगैका धेरै साथीले अविर लगाएर पुरस्कार पाए । त्यो देखेर अर्जुनलाई पनि पढ्ने रहर जाग्यो । ‘धेरैले अविर र पुरस्कार पाएको देखेपछि भाइले पढ््ने रहर ग¥यो,’उनले भने,‘पढेपछि डान्सर बन्ने उसको सोख रहेको छ ।’ दिपकलाई समयमै पढ्न नपाएको प्रति पछुतो लागेको छ । उनले बिद्यालयमा भविष्य खोज्ने बेलामा आफ्नै उमेरका बिद्यार्थीहरुलाई चटपटे बेच्दा कहिलेकाहीँ दुख लाग्ने गरेको बताए ।

अनुशासनमा नमुना दाजुभाई

बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले उपल्लो तम्घासमा भर्खरै भर्ना भएका दुई दाजुभाई अनुशासनको नमुना भएको बताए । उनले उनीहरुको बोली, बानी व्यावहार र सरसफाईबाट आफुहरु प्रभावित भएको बताए । पन्थीले अहिले आफुहरुले नि:शुल्क भर्ना गरेर कापी कलम पोशाकको व्यावस्थापन गरिरहेको बताए ।

यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु

बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । भारतको आन्ध्र प्रदेशमा शनिबार यात्रुबाहक  बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कदै थिए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...