हत्या हुनुअघि पानी ल्याउन भित्र गएकी अन्जना, आफूले पानी समेत भन्न नपाइ संसार छाडिन्… (भिडियो सहित)



हाम्रो इकोनोमि

 

किन हाम्रो समाजमा यती दुख लाग्दा घटना घटिरहेका हुन्छन्? सोच्न समेत नसकिने घटनाहरू देख्न परिरहेको छ ।

भनिन्छ मानिस एउटा कोमल हृदय भएको चेतनशील प्राणी हो । तर हाम्रो समाजमा यस्ता केही पात्रहरू पनि भेटिन्छन् जो राक्षरूपी मानवको रूपमा धर्तीमा पाइला टेके । ललितपुरको घटना जहाँ जेठाजुले आफ्नै बुहारीलाई खुकुरी हानी निर्मम हत्या गरे ।

ललितपुरको ढोलाहिटी निवासी ३५ वर्षीय उज्ज्वल महत (जेठाजु) ले २५ वर्षीया अन्जना लामा (बुहारी)लाई खुकुरी प्रहार गरी हत्या गरे । बुहारीको निर्मम हत्याको आरोपमा अहिले उनी प्रहरीको नियन्त्रणमा छन् ।

हत्या गरेर मारिएकी अन्जना क्यानाडा जाने तयारिमा रहेकी थिइन ।घटना घट्नु अगाडी उज्ववल छिमेकीको पसलमा पत्रिका पढेर फर्किएको छिमेकी बताउछन । धारोमा पानी न आएको कारण हत्या हुन् केहि अगी मात्र अन्जना घर भन्दा केहि पर पानी लिन गएकी थिइन ।

अन्जनाकी सासु (उज्ववल महत) की आमा सुतेकी थिइन एक्कासी छोराले आमा मैले उसलाई काटे भन्दै बोलाएका थिए। पारिवारिक श्रोतका अनुसार उनले पहिले काम गरेको ठाउ बाट बारम्बार धम्कि आउने गरेको थियो ।स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्।

बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे।बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको थियो ।

प्रहरी श्रोतका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्।प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ।बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो।

पा टन अस्पतालले बी एण्ड बी पठाएको थियो।उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ।

वुवा आमा संग गरिएको कुराकानी हेर्नुहोस्ः

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...