आज बिहानै प्रहरी इन्काउन्टर : लामो समयदेखि आतंक मच्चाउदै आएका २ जना मारिए



हाम्रो इकोनोमि

 

आज बिहानै भएको प्रहरी इन्काउन्टरमा २ जना मारिएका छन् । भारतको जम्मू–कश्मीर राज्यको शोपिया जिल्लामा आज बिहानै भएको दोहोरो भिडन्तमा २ जना मारिएका हुन् ।

रुीनगर प्रहरीका अनुसार उनीहरुको साथबाट केही हात हतियार र गोला–बारूद पनि बरामद गरिएको छ ।

प्रहरीलाई शोपिया जिल्लाको हिन्दसीतापुरमा आक्रमणकारी लुकेर बसेको विशेष जानकारी मिलेको थियो । उक्त क्षेत्रमा आतंकवादी भएको सुचना पछि प्रहरीले खोजिकार्य तिव्र बनाएको थियो ।

यो बिचमा आतंकवादीहरुले पहिले गोली चलाए अनी जवाफमा प्रहरीले पनि गोली चलायो जसमा २ जनाको ज्यान गयो ।

गएको ३ मे मा प्रहरीले ३ जना आक्रमणकारी मारेको थियो । हिजबुल मुजाहिदीन का कमान्डर लतीफ टाइगरसहित ३ जना मारिएका थिए ।

टाइगर बुरहान वानीसँग जोडिएका १० आतंकवादी मध्यका अन्तिम थिए । सन २०१५ हिजबुल कमान्डर भएका बुरहान वानीसँगै अन्य आक्रमणकारीको एक तस्वीर साझा भएको थियो ।

प्रहरीले ८ जुलाई २०१६ मा बुरहान वानीलाई मारेको थियो ।

उनको मृत्यु पछि उनको समुहमा भएका सबैलाई प्रहरीले समयसमयमा गरेको आक्रमणमा खत्तम गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...