दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प



हाम्रो इकोनोमि

 

दैलेख केन्द्रविन्दु भएर गएराति ५.१ रिक्टर स्केलको भूकम्प गएको छ । जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

 

भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ । भूकम्प गए पनि यसले पुर्‍याएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

२०७२ वैशाख १२ गते गएको भूकम्पपछि निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ । यसअघि वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...