पुरुषलाई आकर्षित गर्न महिलाले सुर्धानुपर्ने १० बानी
कुनै पनि सम्बन्ध शुरु गर्न होस् वा सम्बन्ध बलियो बनाउ एक अर्काको धेरै बानी व्यवहार स्वीकार गर्नुपर्दछ ।
जसमध्ये कतिपय पुरुषको बानी महिलाहरुलाई मन पर्दैन भने महिलाका केहि बानी पुरुषलाई मन पर्दैन ।
त्यसमध्ये यहाँ पुरुषलाई मन नपर्ने महिलाको केहि बानी व्यवहार उल्लेख गरिएको छ ।
लामो नङः प्रायः धेरै महिलाहरु नङ लामो बनाउन रुचि राख्नुहुन्छ तर पुरुष साथीहरुलाई तपाईको यो बानी मन नपर्न सक्छ । तपाईं सायद सोच्नुहुन्छ होला, लामो नङ निकै आकर्षक हुने गर्दछ तर वास्तविकतामा तपाईंको यो लामो नङ पुरुषहरुलाई मन पर्दैन । त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।
अत्याधिक परफ्युम लगाउनुः परफ्युमको बास्ना कसलाई मन पर्दैन र ! तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेजस्तै धेरै पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ
सन्की स्वभाव ः महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । हुन त सन्की मान्छे कसलाई पो मन पर्छ र । सानो कुरामा पनि झर्किने, चिड्याउने, सन्किने बानी छ भने त्यसलाई त्याग्नु नै राम्रो हुन्छ ।
जिद्दीपन पुरुषहरुसँग सधैँ टासिइरहनु, उनीहरुबिना आफू केहि पनि नभएको जताइरहनुजस्ता कुराहरु पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु स्वतन्त्र एवं आवश्यक परेको खण्डमा पुरुषहरुको मद्दत लिने महिलाहरुलाई मनपराउने गर्दछन् ।
मौन नबोल्दा पुरुषहरुलाई राम्रो लाग्छ भनेर चुप बस्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । वास्तवमा पुरुषहरुलाई सुझाव दिने र कुरा बुझ्ने महिलाहरु धेरै मन पर्ने गर्दछ । यदि तपाईंलाई कुनै विषयको बारेमा केहि कुरा थाहा छ भने पुरुषहरुको सामू बोलेर आफ्नो धारणा व्यक्त गर्नुहोस् ।
भूतपूर्व प्रेमीको कुरा गर्नु तपाईंको पहिलेको प्रेमीको कुराहरुले तपाईंको प्रेमीलाई रिस उठ्न सक्छ । यदि तपाईं अहिले पनि आफ्नो पुरानो प्रेमीलाई मनपराउनु हुन्छ भने अरु पुरुषसँग बस्नु राम्रो बिचार मानिँदैन । यदि तपाईं बारम्बार आफ्नो पुरानो प्रेमीको बारेमा कुरा गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानीको पछाडि लुकेको कारण खोज्नुपर्ने हुन्छ ।
रुखो स्वभावः महिलाहरुको रवाफ र रुखो स्वभाव पुरुषहरुलाई साह्रै नराम्रो लाग्ने बानी मध्येको एक हो । सामान्य रुपमा, पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।
कुरा काट्नुः यदि तपाईंको पार्टनर तपाईंलाई अन्य महिलासँग खासखुस गरिरहेको देख्दछन् भने सायद तपाईं उनको नजर गिर्न सक्नुहुन्छ । तपाईंको कुरामा जति सुकै सत्यता रहे पनि यसको प्रभाव पुरुषहरुमा नकारात्मक नै हुने गर्दछ ।
भद्दा मेकअप ः तपाईलाई लाग्न सक्छ धेरै मेकअप गर्नसाथ म राम्री देखिनेछु र जोकोहीले मन पराउनेछन् । यदि यस्तो सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । प्रायः पुरुषहरु हल्का र नेचुरल देखिने किसिमको मेकअप मन पराउँछन् ।
परिवर्तन हुन दबाव दिनु आफूले भनेजस्तो गरोस् भन्ने सबैको धारणा हुन्छ तर आफूलाई राम्रो लाग्छ भन्दैमा त्यहि कुरा अरुलाई मन नपर्न सक्छ । यदि तपाईं कुनै पुरुषसँग घुम्ने निर्णय लिनु हुन्छ र पछि उनको व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने कोसिस गर्नुहुन्छ पुरुषलाई त्यो कुरा मन पर्दैन । कुनै पुरुषसँग नजिक हुन चाहानुहुन्छ भने उसलाई जबरजस्ती बदल्न नखोज्नुस् ।