ललितपुर, बैतडी र पाल्पामा सवारी दुर्घटना : ३ जनाको मृत्यु, २ जना घाईते



हाम्रो इकोनोमि

 

ललितपुर, बैतडी र पाल्पाका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । दुर्घटनामध्ये ललितपुर महानगरपालिका–१३ एकान्तकुनामा बा.२१ च १३३३ नम्बरको गाडीको ठक्करबाट साइकलयात्री काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका ३५ वर्षीय कमरे आलमको बिहीबार राति मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै सोही गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने २६ वर्षीय सुमित कुमार सिंहको सोही अस्पतलामा उपचार भइरहेको छ । ठक्कर दिने गाडीका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


यसैगरी बैतडी डिलासैनी बागाबडमा से.१ ज ६०३ नम्बरको जिपको ठक्करबाट सोही स्थान बस्ने सुरेन्द्र साउदको ३ वर्षीय छोरा युकेश साउदको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वर दार्चुलामा उचारको क्रममा मृत्यु भएको हो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी पाल्पा रामपुर बिचपुरमा लु.३ त ७९७२ नम्बरको ट्याक्टरले बा.४५ प ८३६८ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बाङ्गेपसल बस्ने १९ वर्षीय सन्जु रानाको मृत्यु भएको छ ।

बिचपुरबाट तिलपुरतर्फ जाँदै गरेको उक्त ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालक सन्जु राना र मोटरसाइकलमा सवार १८ वर्षीय राहुल सुनारी घाइते भई उपचारको लागि रामपुर अस्पताल लगिएकोमा उपचारको क्रममा रानाको मृत्यु भएको हो ।

ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै स्थानका दुर्घटनामा तत्काल स्थानीय प्रहरी टोली खटिई उद्दार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...