देशैभर बढ्यो गर्मी, काठमाडौंमा हैजाको कीटाणु भेटियो सावधान रहन अपिल



हाम्रो इकोनोमि

 

केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि छ ।

धनगढीको तापक्रम ४२ दशमलव ४ र दिपायलको तापक्रम ४० दशमलव ३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री थियो भने धनगढीको ४२ दशमलव १ र दिपायलको ३९ दशमलव ४ डिग्री थियो ।

विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा सहित मध्य र पश्चिम तराईमा पनि गर्मी बढेको महाशाखाले जनाएको छ । यता गर्मी बढेसँगै काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा यही बैशाख २२ गते हैजा प्रमाणित भएको देखिएको हो ।

अस्पताल र प्रयोगशालाको एउटा टीम हैजा प्रमाणित भएका बिरामीको घर गई निरिक्षण गर्दा भने बिरामीको स्थिती सामान्य रहेको देखिएको र परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...