वर्षा राउतले शुरु गरिन, पानीपुरी र चटपटेको ब्यापार (भिडियो सहित)



हाम्रो इकोनोमि

 

राजधानीको एक चोकबाट सम्पदा उर्फ वर्षा राउतले पानीपुरी र चटपटेको व्यापार सुरु गरेकी छिन् । भर्खरै मात्र हनिमुन बाट फर्केकी वर्षाले चलचित्र “जात्रै जात्रा” प्रमोसनको क्रममा पानीपुरी र चटपटे व्यापार गरेको भन्ने बुझ्न सकिन्छ । यहि जेठ ३ गते प्रदिप भट्टराई द्वारा निर्देशित चलचित्र जात्रैजात्रा देश भरि प्रदर्शनको तयारीमा रहेको छ ।

 

चलचित्रको मुख्य भुमिकामा नायक बिपिन कार्की , दयाहाङ राई , वर्षा राउत अन्य कलाकारहरुको विशेष भुमिका रहेको छ ।” गत वर्षको सफल चलचित्र ‘जात्रा’कै कलाकारहरु जात्रै जात्रामा पनि दोहोरिएको निर्देशक बताउँछन् । फिल्मको ट्रेलरलाई हेर्ने हो भने विशेष सुन काण्डलाई देखाइएको छ । नायक बिपिन कार्की र वर्षा राउतलाई श्रीमान श्रीमतीको भुमिकामा देख्न पाइने भएको छ । अघिल्लो चलचित्रमा पनि उनिहरु श्रीमान श्रीमती नै बनेर देखिएका थिए ।

 

दुई ठूलो ब्यानरको प्रतिक्षित चलचित्र एकसाथ हलमा अाउने भएकोले पनि निर्माण टिमले प्रमोसनलाई निकै नै महत्त्व दिइरहेको छ यतिबेला। चलचित्र जात्रै जात्रा सँग मिलन चाम्सको निर्माणमा रहेको फिल्म वीरविक्रम २ ले प्रतिस्पर्धा गर्नेछ । चलचित्र वीर बिक्रममा अभिनेता पल शाह ,नाजिर हुसेन ,वर्षा शिवाकोटी , बुद्धि तामाङ लगायतका कलाकारहरु मुख्य भुमिकामा छन् ।

 

कुराकानीका क्रममा विपिनले चलचित्रमा काम गर्दा आफूले सेल रोटी खुबै खाएको बताए । उनले भने–‘चलचित्रमा बर्षाले ठेलामा सेल रोटी बेचेकी छिन् । मैले सेल रोटी खुबै खाएँ ।’ पानीपुरी बेच्दै गरेकी बर्षाले भनिन्–‘मलाई पानी पुरी मिठो बनाउन आँउछ । विशेषत, नुन अड्कल त खासै गाह्रो लाग्दैनँ ।’ चलचित्र भित्र के छ त, विपिन भन्छन्–‘यो सुन काण्डको कथा मात्र होइन । यसमा सुनको कथा एउटा पाटो मात्र हो । दर्शकले, यसपटक चलचित्रबाट पूर्ण रुपमा मनोरञ्जन पाउनेछन् । हामीले समिक्षकले के भन्छन् भनेर चलचित्र बनाएका छैनौ । दर्शकले डबल डोज चलचित्रमा पाउनेछन् ।’

 

यता, नायिका बर्षा राउतले पनि चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने बताइन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन र बर्षा श्रीमान्–श्रीमतीको भूमिकामा देखिदैछन् । कुराकानीका क्रममा विपिनले चलचित्रमा काम गर्दा आफूले सेल रोटी खुबै खाएको बताए । उनले भने–‘चलचित्रमा बर्षाले ठेलामा सेल रोटी बेचेकी छिन् । मैले सेल रोटी खुबै खाएँ ।’ पानीपुरी बेच्दै गरेकी बर्षाले भनिन्–‘मलाई पानी पुरी मिठो बनाउन आँउछ । विशेषत, नुन अड्कल त खासै गाह्रो लाग्दैनँ ।’

 

चलचित्र भित्र के छ त, विपिन भन्छन्–‘यो सुन काण्डको कथा मात्र होइन । यसमा सुनको कथा एउटा पाटो मात्र हो । दर्शकले, यसपटक चलचित्रबाट पूर्ण रुपमा मनोरञ्जन पाउनेछन् । हामीले समिक्षकले के भन्छन् भनेर चलचित्र बनाएका छैनौ । दर्शकले डबल डोज चलचित्रमा पाउनेछन् ।’ यता, नायिका बर्षा राउतले पनि चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने बताइन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन र बर्षा श्रीमान्–श्रीमतीको भूमिकामा देखिदैछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...