हेर्दाहेर्दै यसरी जल्यो ९० लाख ९० हजार धनमाल



हाम्रो इकोनोमि
 करिब ४ घण्टाको अवधिमा देशका ५ स्थानमा आगलागी हुँदा ९० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बुधबार १६:०० बजेदेखि २०:३० सम्मको सो अवधिमा काठमाडौं, रुकुम(पश्चिम), म्याग्दी, दाङ र कञ्चनपुरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएको उक्त क्षतिमध्ये काठमाडौं महानगरपालिका-२८ दरबारमार्गस्थित झापाका ३५ वर्षीय कुल बहादुर थापाको जेभी पाथीभरा खुद्रा स्टोरमा बिद्युत सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी रुकुम(पश्चिम) बाफिकोट गाउँपालिका-९ बस्ने धन बहादुर खत्रीको घरमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी म्याग्दी मंगला गाउँपालिका-१ पुर्णगाउँ बस्ने ५३ वर्षीय हेम बहादुर खत्रीको घरमा आगलागी हुँदा घर, अन्नपात, भाडावर्तन र लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी दाङ घोराही उपमहानगरपालिका-१ सिरुखर्कस्थित सल्लीकोट सामुदयिक बनमा लागेको आगोबाट ५६ वर्षीय हेमलाल थापा समेत ५ जनाको घरगोठमा आगलागी हुँदा ५ वटा घरगोठ जलेर करिब ५० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यसैगरी कञ्चनपुर बेदकोट नगरपालिका-१० हरपाल बस्ने नैन सिंह मडैको भान्छा घरमा बालेको आगोबाट आगलागी हुँदा भान्छा घर, अन्नपात, काठपात र भाडाबर्तन जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सबै स्थानको आगो नियन्त्रणमा आएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बाच्ने उपायबारे जानकरी समेत गराएको छ ।

Comment

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...