हेर्दाहेर्दै यसरी जल्यो ९० लाख ९० हजार धनमाल



हाम्रो इकोनोमि
 करिब ४ घण्टाको अवधिमा देशका ५ स्थानमा आगलागी हुँदा ९० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बुधबार १६:०० बजेदेखि २०:३० सम्मको सो अवधिमा काठमाडौं, रुकुम(पश्चिम), म्याग्दी, दाङ र कञ्चनपुरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएको उक्त क्षतिमध्ये काठमाडौं महानगरपालिका-२८ दरबारमार्गस्थित झापाका ३५ वर्षीय कुल बहादुर थापाको जेभी पाथीभरा खुद्रा स्टोरमा बिद्युत सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी रुकुम(पश्चिम) बाफिकोट गाउँपालिका-९ बस्ने धन बहादुर खत्रीको घरमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी म्याग्दी मंगला गाउँपालिका-१ पुर्णगाउँ बस्ने ५३ वर्षीय हेम बहादुर खत्रीको घरमा आगलागी हुँदा घर, अन्नपात, भाडावर्तन र लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी दाङ घोराही उपमहानगरपालिका-१ सिरुखर्कस्थित सल्लीकोट सामुदयिक बनमा लागेको आगोबाट ५६ वर्षीय हेमलाल थापा समेत ५ जनाको घरगोठमा आगलागी हुँदा ५ वटा घरगोठ जलेर करिब ५० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यसैगरी कञ्चनपुर बेदकोट नगरपालिका-१० हरपाल बस्ने नैन सिंह मडैको भान्छा घरमा बालेको आगोबाट आगलागी हुँदा भान्छा घर, अन्नपात, काठपात र भाडाबर्तन जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सबै स्थानको आगो नियन्त्रणमा आएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बाच्ने उपायबारे जानकरी समेत गराएको छ ।

Comment

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...