नवलपरासीमा अनौठो : ६१ बर्षीयले गरे १६ बर्ष कान्छिसँग धुमधाम बिवाह, नातिनातिना भए जन्ती



हाम्रो इकोनोमि

 

भनिन्छ नी भाग्यले दिएपछि र मन मिलेपछि कसैको केही लाग्दैन । जब मन मिल्छ तब त्यो सम्बन्धमा धन , रुप र उमेर केहीले छेक्दैन । यस्तै उदाहरण देखिएको छ नवलपरासीमा सम्पन्न भएको एक बिवाहमा ।

 

पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दीमा बस्दै आएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले धुमधामसंग बिवाह गरेका छन् त्यो पनि आफुभन्दा १६ बर्ष कान्छी उमेरकी महिलासंग । उनले तनहुँको देवदहमा बस्दै आएकी ४५ वर्षीया लक्ष्मी अर्यालसँग धार्मिक रीति अनुसार बिवाह गरेका हुन् ।

 

उनको बिवाह निकै धुमधामसंग भएको थियो त्यो पनि जन्तीसहित । एक छोरी दुई छोरा र नातिनातिनाका धनीसमेत रहेका सापकोटाको बिवाहमा आफन्तदेखि नातिनातिना समेत सरिक भए । एक बर्ष अघि जेठी श्रीमतीको मृत्यु भएपछि सापकोटाले बुढेसकालमा सहाराका लागि जीवनसाथी चुनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...