नवलपरासीमा अनौठो : ६१ बर्षीयले गरे १६ बर्ष कान्छिसँग धुमधाम बिवाह, नातिनातिना भए जन्ती



हाम्रो इकोनोमि

 

भनिन्छ नी भाग्यले दिएपछि र मन मिलेपछि कसैको केही लाग्दैन । जब मन मिल्छ तब त्यो सम्बन्धमा धन , रुप र उमेर केहीले छेक्दैन । यस्तै उदाहरण देखिएको छ नवलपरासीमा सम्पन्न भएको एक बिवाहमा ।

 

पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दीमा बस्दै आएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले धुमधामसंग बिवाह गरेका छन् त्यो पनि आफुभन्दा १६ बर्ष कान्छी उमेरकी महिलासंग । उनले तनहुँको देवदहमा बस्दै आएकी ४५ वर्षीया लक्ष्मी अर्यालसँग धार्मिक रीति अनुसार बिवाह गरेका हुन् ।

 

उनको बिवाह निकै धुमधामसंग भएको थियो त्यो पनि जन्तीसहित । एक छोरी दुई छोरा र नातिनातिनाका धनीसमेत रहेका सापकोटाको बिवाहमा आफन्तदेखि नातिनातिना समेत सरिक भए । एक बर्ष अघि जेठी श्रीमतीको मृत्यु भएपछि सापकोटाले बुढेसकालमा सहाराका लागि जीवनसाथी चुनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...