विवाह अघिको यौन सम्पर्क, के जिवनसाथीले थाहा पाउन सक्लान् ? जानीराखौ……



हाम्रो इकोनोमि

 

उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन।

डर, त्रास, हतार, हदास तथा असुरक्षित वातावरणमा यौन सम्पर्क राख्नु पर्दा यौन सम्पर्क पूर्वको तयारीमा खासै ध्यान जाँदैन।

यस क्रममा पहिलो पटकको यौन सम्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौनकर्मीसँग हुनसक्छ।

विवाहपूर्वको यौन सम्पर्क
विवाहपूर्व यौन सम्पर्क राखिएको कुरा थाहा पाउन गाह्रो छ। पुरुषलाई महिलाको यौनांगबारे सामान्य जानकारी हुने भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन। त्यसैले सामान्य तवरले यौन सम्पर्क राखिसकेको अथवा नराखेको योनि छुट्याउन गाह्रो हुन्छ। हाइमेन (योनिच्छद) को आधार लिन सकिन्छ ा
कौमार्य भंग भए पनि लचिलो योनिच्छद नच्यातिएको हुनसक्छ तर यसको क्षति अन्य कारण शारीरिक क्रियाकलाप (साइकल चढ्दा, घोडा चढ्दा, खेलकुद) ले पनि पातलो योनिच्छद च्यातिएको हुनसक्छ। धेरैजसो विवाहपूर्वका यौन सम्पर्क योजनाबद्ध नहुन सक्छन्। यसका कारण प्रजनन जटिलता भने निम्तिन सक्दछ।

पहिलो पटकको यौन सम्पर्कका बेला पुरुष यौनसाथीमा लिंग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुनसक्छ भने महिला यौनसाथीमा गर्भ रहला कि, यौन सम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टि प्राप्त गर्र्न गाह्रो हुन्छ। यस्तो परिस्थितिमा पहिलो यौन सम्पर्कको क्रममा हाइमेन (योनिच्छद) च्यातिई हल्का रक्तस्राव वा रगत मिसिएको योनिस्रावले झन् त्रास उत्पन्न गराउँछ।

मानव यौन प्रतिक्रिया चक्रको सम्पूर्ण चरणहरू, यौन संवेदनशील अंगहरू, पाकक्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय दिई यौन सम्पर्क नगरिँदा तालमेल नमिली पार्टनर दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन्। यसै गरी सुरक्षित सेक्स, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोध तथा गर्भपतनको कानुनी मान्यताको पर्याप्त जानकारी नहुँदा डराई–डराई यौन सम्पर्क राख्नुपर्ने हुन्छ। विभिन्न आसनको उपयोग, योनिमार्ग तथा पुरुष लिंग चिप्लो बनाउने तरिकाको जानकारीको अभावमा यौन कार्य कष्टप्रद हुन्छ।

यौन जोडीबीच एकआपसमा आफ्नो यौन चाहना, यौनेच्छा साटासाट नगरे वा एकले अर्कालाई यौन कार्यमा सहयोग नगरे पहिलो पटकको यौन सम्पर्कमा शारीरिक पक्ष बढी हाबी हुनसक्छ अर्थात् यौन कार्य केवल यान्त्रिक मात्र हुनसक्छ। तर, सफल सम्भोग कार्यमा मानसिक पक्षको भूमिका पनि उत्तिकै हुन्छ। विवाह इतरको यौन सम्बन्धमा विशेषतः महिला यौनसाथीको गोप्यताको उच्च कदर गर्नुपर्दछ।

आफ्नै प्रेमिका वा परिचित व्यक्तिसँग पहिलो पटकको यौन सम्पर्कपछि निरन्तर सम्पर्कमा रहनुपर्छ। यस क्रममा महिनावारी, यौनांगमा पीडा वा कुनै यौन समस्या वा पहिलो पटकको यौन सम्पर्कपछि कुनै तनाव, पिर, चिन्ता तथा उदासीपना छ की छैन बुझ्नुपर्छ । कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौनसाथीलाई भरपूर सहयोग गर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने ढाडस दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...