यी हुन् नेपालकै पहिलो डोजर चालक, उनले डोजर चलाएको देख्दा अरनिको राजमार्गमा दिनभरि नै बाटो जाम भयो !



हाम्रो इकोनोमि

 

मुना घिमिरे श्रेष्ठ नेपालको पहिलो हेभी इक्विपमेन्ट चालक हुन्। गोरखामा जन्मेकी उनका दाजुभाइ थिएनन्।

पढाइमा अब्बल भए पनि उनले नौ कक्षा पढ्दापढ्दै पढाइ छाडिन्। ‘छोरा नभएको घर भनेर मान्छेहरू कुरा काट्थे,’ उनले भनिन्, ‘१५ वर्षको उमेरमा पढाइ छोडेर काम गर्न थालेँ। काम गर्ने ठाँउमा ठूलठूला गाडीहरू देख्थेँ।’

रिसेप्सनमा काम गर्ने उनको ध्यान भने सधैँ तिनै गाडीमा जान्थे। एक दिन अफिसका निर्देशकले उनलाई सोधे, ‘मेसिन सिक्छौ ?’

उनले जवाफ फर्काइन्, ‘सर, पाए त सिक्थेँ नि।’ आफ्नो काम सकेर उनले बिहान–बेलुका डोजर चलाउन सिकिन्। ‘समाजले फलानाकी छोरी बिग्रिई भन्थ्यो,’ उनले भनिन्, ‘मेरो मनमा तिनीहरूलाई केही गरेर देखाउँछु भन्ने थियो।’

 

उनले आँटिन् र मेहनत गरिन्। ‘म नेपालको पहिलो महिला हेभी इक्विपमेन्ट चालक बन्छु भनेर डोजर चलाएकी थिइनँ,’ उनले भनिन्, ‘काम गर्दै जाँदा रस बस्दै गयो।’ कामको सिलसिलामा देशका विभिन्न ठाउँमा उनी पुग्थिन्।

त्यहाँ उनले डोजर चलाएको देखेर हेर्न आउनेको भीड लाग्थ्यो। ‘एक पटक मैले डोजर चलाएको हेर्न थुप्रै मान्छे आइदिँदा अरनिको राजमार्गमा दिनभरि नै बाटो जाम भयो,’ उनले भनिन्, ‘अहिले पनि देख्नेबित्तिकै क्यामरा तेस्र्याउन थाल्छन्।’

 

हाल उनी हेभी इक्विपमेन्ट डिभिजन कार्यालय, बानेश्वरमा कार्यरत छिन्। ‘छिनेका चप्पलमा काठमाडौँ छिरेकी थिएँ,’ उनले विगत सम्झिइन्, ‘डोजरमा दक्ष भएपछि मैले जीवनमा कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन।’ उनी अहिलेसम्म दर्जनौँ सम्मानबाट सम्मानित भइसकिन्।

नेपाल हेभी इक्विपमेन्ट संघको महासचिव उनी सडक विभागकी स्थायी कर्मचारी पनि हुन्। हक्की स्वभावकी मुना आफूलाई कसैले पनि हेपेको सहन सक्दिनन्। ‘केटीले पनि डोजर चलाउँछन् भन्थे,’ उनले भनिन्, ‘तर, मैले कहिल्यै हिम्मत हारिनँ। डोजर चालक बनेरै छोडेँ।’

 

मुना जस्तै काभ्रेकी विजया अधिकारी पनि डोजर चालक हुन्। डोजर चलाउने कामलाई उनी शरीर र दिमागको खेल मान्छिन्। उनी अहिले लोक सेवाबाट नाम निकालेर सिनियर अपरेटरका रूपमा विद्युत प्राधिकरणमा आबद्ध छिन्।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...