तनावपूर्ण बन्यो बौद्धः प्रहरीद्धारा स्थानीयमाथि अश्रुग्यास र लाठी प्रहार



हाम्रो इकोनोमि

 

बौद्ध–जोरपाटी सडकखण्ड वर्षौंसम्म पिच नभएको भन्दै विरोधमा उत्रिएका स्थानीय व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको थियो ।

आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो ।

चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन उत्रिएका छन् ।

प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको छ ।  बिहीबार बिहान ८ बजेदेखि बाटो पिच हुनुपर्ने माग गर्दै बन्द गराए ।

बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका छन् ।

सोही क्रममा प्रहरीले अरुग्यास प्रहार गरेको थियो । प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ । सवारी साधन चलेका छैनन् ।

जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...