पढाइ चलिरहँदा कक्षाकोठामै लाजमर्दो काम गर्दागर्दै भेटीए ९ कक्षाका २ छात्रा



हाम्रो इकोनोमि

 

कक्षाकोठामै लाजमर्दो काम गरेको अभियोगमा एक सरकारी विद्यालयले आफ्ना २ छात्रालाई स्कुलबाटै निकालिदिएको छ ।

उनीहरुले कक्षामा पढाइ चलिरहेका बेला पछाडि बसेर निकै घृणित काम गरिरहेका थिए ।

उनीहरुको हर्कतबारे कक्षाकै एक विद्यार्थीले शिक्षकलाई बताएपनि उनीहरुलाई शिक्षकले रंगेहात समातेका हुन् ।

यी दुवै छात्राहरु ९ कक्षामा पढ्ने भएको बताइएको छ । घटना आन्ध्र प्रदेशको हो । यी दुई छात्राले कक्षाको अन्तिम बेचमा बसेर कोल्ड ड्रिंकमा रक्सी मिसाएर पिउँदै थिए ।

पक्राउ परेपछि उनीहरुले आफ्ना पिताका कारण आफूहरुलाई रक्सी पिउने लत लागेको बताएका छन् ।

निदामनुरुको एक सरकारी स्कुलमा ९ कक्षामा पढ्ने यी दुई छात्राको स्कुलका प्रधानाध्यापक सुरेश कुमारका अनुसार उनीहरुले बियरको बोतल स्कुल ब्यागमा लुकाएर ल्याएका थिए ।

कक्षाका अरु विद्यार्थीहरुलाई शंका नहोस् भन्नको लागि उनीहरुले सफ्ट ड्रिंकमा बियर मिसाएर कक्षामै पिउन थालेका थिए ।

कक्षाका विद्यार्थीहरुले सोध्दा उनीहरुले साथीहरुलाई कुरामा भुलाएका थिए तर एक विद्यार्थीलाई रक्सीको शंका लागेपछि उनले शिक्षकलाई भनिदिए ।

शिक्षकले जब उनीहरुको स्कुल ब्याग चेक गरे भित्रबाट बियरका खाली केन निस्किए ।

त्यसपछि उनीहरुका अभिभावकलाई खबर गरियो र उनीहरुलाई कारवाही गरियो । दुवै छात्रालाई स्कुलबाट निकालिएको छ । उनीहरुको क्रियाकलापले अन्य बालबालिकामा गलत असर परेको भन्दै उनीहरुलाई निकालिएको हो ।

यी दुवै छात्राका पिता रक्सीको लत भएका भएको बताइएको छ । पिताकै रक्सी चाखेपछि उनीहरुले रक्सी पिउन सिकेको बताएका छन् ।

यी दुई छात्रालाई यसरी समातिएको पहिलो घटना भने होइन । उनीहरुलाई यसअघि पनि यसैगरी रक्सी पिइरहेको अवस्थामा रंगेहात समातिएको थियो ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...