मरुभूमिबाट आएको धुलोका कारण नेपाली आकाश खुल्न सकेन, धेरै बाहिर नहिड्न सुझाव



हाम्रो इकोनोमि
 

 

काठमाडौंको आकाश पुर्ण रुपमा नखुल्नुको अनौठो तथ्य पत्ता लागेको छ । भारतको राजस्थानको मरुभूमि क्षेत्रबाट आएको धुलोका कारण देशका धेरै ठाउँको मौसम पूर्ण सफा नभएको मौसमविद्ले बताएका छन् ।

राजस्थानबाट आएको धुलोका कारण मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । यसकै प्रभावले बुधबार पश्चिम तराईको एकदुई ठाउँमा धुलोसहितको हावा चल्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पानी नपरेसम्म यो धुलो नहट्ने उहाँले जानकारी दिनुभयो । मौसमविद् पोख्रेलका अनुसार बुधबार र बिहीबार पानी पर्ने सम्भावना नदेखिएकाले यो धुलो तत्काल हट्दैन । शुक्रबार दिउँसो पश्चिमबाट पश्चिमी वायु प्रवेश गरेर पानी पर्ने देखिएकाले त्यसपछि भने यो धुलो हट्ने उहाँको अनुमान छ ।

गएको वर्ष असार पहिलो साता पनि मरुभूमिबाट आएको धुलोका कारण देशका धेरै ठाउँमा हिलो पानी परेको थियो । केहीदिनदेखि राजस्थानको मरुभूमिबाट उडेको धुलोका कारण भारतको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । यस्तो छ मौसम जानकारी

बैशाख २५ गते (बुधवार): दिउँसोः देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदलि भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।

राति: देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।

बैशाख २६ गते (विहिवार): दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पहाडी भू-भागका एक/दुई स्थानमा

मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । राति: देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भू-भागमा सामान्यतया सफा रहने देखिन्छ।

बैशाख २७ गते (शक्रवार): दिउँसो: देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ ।

पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । राति: देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...