मन्दिरलाई लक्षित गरी शक्तिशाली बम विस्फोट, ५ जनाको घटनास्थलमै मृत्यु, २ दर्जन बढी घाइते



हाम्रो इकोनोमि

 

आज बिहानै शक्तिशाली बम विस्फोट भएको छ ।

बुधबार बिहानै पाकिस्तानको लाहोरमा रहेको डेटा दरबार मन्दिरबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५ जना मारिएको बताइएको छ ।

पाकिस्तानी समाचार एजेन्सी जीयो समाचारका अनुसार यस विस्फोटमा २४ जना भन्दा धेरै घाइते भएका छन् ।

मर्नेहरुमा ३ जना प्रहरी अधिकारी रहेको खुल्न आएको छ ।

बम विष्फोट कसरी भयो भने खुल्न नसकेको भन्दै अध्यन भइरहेको प्रहरीले बताएको छ ।

पाकिस्तानमा यो भन्दा पहिले पनि विभिन्न विस्फोट हुँदै आएका छन् ।

 

डीआईजी अपरेशन लाहोर अशफाक अहमद खानले तीन जना प्रहरी मारिएको कुरा पुष्टि गर्नुभएको हो ।

मर्नेहरुमा एक जना सुरक्षागार्ड र अर्का स्थानीय भएको बताइएको छ ।

घाइतेहरुको उपचारका लागि अस्पताल पठाइएको छ ।

घाइतेहरुमा धेरैको संख्या गम्भीर भएको हुनाले मर्नेहरुको संख्या बढ्न सक्ने देखिएको छ ।

अहिले त्यस क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

प्रहरीले मन्दिर भित्र सर्वसाधारणलाई जान रोक लगाएको छ ।

यो आत्मघाती आक्रमण हो वा होईन अध्यन भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...