मन्दिरलाई लक्षित गरी शक्तिशाली बम विस्फोट, ५ जनाको घटनास्थलमै मृत्यु, २ दर्जन बढी घाइते



हाम्रो इकोनोमि

 

आज बिहानै शक्तिशाली बम विस्फोट भएको छ ।

बुधबार बिहानै पाकिस्तानको लाहोरमा रहेको डेटा दरबार मन्दिरबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५ जना मारिएको बताइएको छ ।

पाकिस्तानी समाचार एजेन्सी जीयो समाचारका अनुसार यस विस्फोटमा २४ जना भन्दा धेरै घाइते भएका छन् ।

मर्नेहरुमा ३ जना प्रहरी अधिकारी रहेको खुल्न आएको छ ।

बम विष्फोट कसरी भयो भने खुल्न नसकेको भन्दै अध्यन भइरहेको प्रहरीले बताएको छ ।

पाकिस्तानमा यो भन्दा पहिले पनि विभिन्न विस्फोट हुँदै आएका छन् ।

 

डीआईजी अपरेशन लाहोर अशफाक अहमद खानले तीन जना प्रहरी मारिएको कुरा पुष्टि गर्नुभएको हो ।

मर्नेहरुमा एक जना सुरक्षागार्ड र अर्का स्थानीय भएको बताइएको छ ।

घाइतेहरुको उपचारका लागि अस्पताल पठाइएको छ ।

घाइतेहरुमा धेरैको संख्या गम्भीर भएको हुनाले मर्नेहरुको संख्या बढ्न सक्ने देखिएको छ ।

अहिले त्यस क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

प्रहरीले मन्दिर भित्र सर्वसाधारणलाई जान रोक लगाएको छ ।

यो आत्मघाती आक्रमण हो वा होईन अध्यन भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...