नेपालमा लोकल कुखुरामा बर्डफ्लु भेटियो, महामारी फैलीने त्रास



हाम्रो इकोनोमि

 

भारतसँगै दक्षिण यसियामा नै त्रास फैलिएको बर्डफ्लु नेपालमा महामारीको रुप लिने भय भएको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा समेत बर्डफ्लु भेटिएको छ ।

नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए ।

महतोको घर र उनको घर नजिक रहेका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरिएको छ ।

पंक्षी र पंक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको डा. तिवारीले बताए ।

पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने कार्यमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपंक्षी विकास निर्देशनालय, पोखराको पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका डाक्टर तथा प्राविधिकहरुको टोली खटिएको थियो ।

महतोको घरका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पंक्षी ल्याबमा लगेका थिए ।

त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो । नमूना परीक्षण गर्न काठमाडौंस्थित ल्याबमा पनि पठाइएको छ ।

बर्ड फ्लु भेटिएका आसपासका क्षेत्रमा बर्डफ्लु भए नभएको पत्ता लगाउनका लागि निजका अन्य घर तथा गाउँबाट जिउँदा कुखुरा तथा हाँसहरुको नमुना संकलन गरि परीक्षणका लागि पठाएको डा।

बर्डफ्लुका कारण नेपालमै पहिलो पटक काभ्रेका एक युवकको मृत्युसमेत भएको छ । लोकल कुखुरामा देखिनु अलिक खतरायुक्त हुने बुझिन्छ । यो चाडै फैलिनेछ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...