किमले ‘मेट गाला–२०१९’ मा यस्तो ड्रेस लगाएपछि विश्वभर चर्चा (तस्बिरहरु हेर्नुहोस)



हाम्रो इकोनोमि

 

महन्ङ्गी रियालिटी शो स्टार किम कार्दशियन न्यूयोर्कमा आयोजना भएको ‘मेट गाला–२०१९’ को रेड कार्पेटमा आफ्ना पतिसँग पुगिन् ।

यो रेड कार्पेटमा उनले लगाएको पहिरनले यतिबेला विश्वभर चर्चा पाइरहेको छ । सोमबार बेलुकी आयोजित कार्यक्रममा ३८ बर्षिया रियालिटी शो स्टार कार्दशियनले यो पहिरन लगाउनुको कारणबारे बोलिन् ।

 

किमले मिडियासँग कुरा गर्दै भनिन्–‘जब मलाई मेरा डिजाइनरले यो पहिरन तयार गर्नुको बारेमा भने, म उत्साहित भएँ ।

क्यालिफोर्नियाकी एक यूवती जो टल्किएको समुन्द्रबाट बाहिर निस्कदै छे, यो पहिरन यही थिममा तयार पारिएको छ ।’

 

तस्बिर न. १

 

१ पोष्ट गरे बापत करोडौ कमाउछिन
चर्चित मोडल तथा रियालिटी टिभी स्टार किम कार्दसियनले इन्स्टाग्राममा एक पोस्ट गरे बापत करौडौँ रकम कमाउने गरेकी छन्।

यसअधि उनले ३ देखि ५ लाख डलरसम्म लिने गरेको कुरा सार्वजनिक भए पनि पछिल्लो समय उनले १० लाख डलर (११ करोड ९ हजार रुपैयाँ) लिने गरेको बताइएको छ। यसबारे किमको कम्पनीले चाडै आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

 

तस्बिर न. २

 

पछिल्लो समय सामाजिक सञ्जालबाट समेत आम्दामी हुने थालेपछि चर्चित सेलिब्रिटीहरु यसतर्फ आकर्षित भएका छन्। यसअघि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५ करोडको हाराहारीमा रकम लिने गरेको सार्वजनिक भएको थियो।

 

रियालिटी स्टार किमले अहिलेसम्म ६ लाख डलर लिँदै आएको उनको कम्पनीले आधिकारिक रुपमा जनाउँदै आएको छ। उनले आफ्नो माग बढाएर १० लाख डलर पु¥याएको र पछिल्लो समय सोही रकम लिँदै आएपछि कम्पनीले आधिकारिक रुपमै दस्तावेज अपडेट गर्न लागेको बताइएको छ।

 

तस्बिर न. ३

 

 

एक वेभसाइटका अनुसार किमले अनुमतिविना आफ्नो फोटोको गलत प्रयोग गरेको भन्दै एक कम्पनीविरुद्ध मुद्दा दर्ता गर्न लागेकी छन्। उक्त कम्पनीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया नदिएपछि ५० लाख डलर (५५ करोड नेपाली रुपैयाँ) क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता गरेकी हुन्।

 

किमले यसबारे प्रतिक्रिया दिँदै भनेकी छन्, ‘कम्पनीले आफ्नो आर्थिक फाइदाका लागि मेरा फोटा प्रयोग गर्न पाउँदैनन्।’ उनले आफूलाई मन नपरेकै कारण धेरै ठूला अफरसमेत छाडेको बताएकी छन्।

 

तस्बिर न. ४

 

तस्बिर न. ५

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा

    चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...