रिना बस्नेतको हत्याराको नजिक प्रहरी ….



हाम्रो इकोनोमि

 

मोरङको पथरी: वैशाख ७ गते शनिबार बिहान बस्नेतको निर्वस्त्र शव आफ्नै डेरा अगाडिको सडकमा घोप्टो अवस्थामा रीना बस्नेत को शब फेला परेको थियो।

त्यो घटनाको सुक्ष्म र गहन अनुसन्धान गरिरहेको मोरङ प्रहरीले शङ्कास्पद तीन जनाको पोलिग्राफ जाँच गराएको छ ।

प्रहरीले रीनाको प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीनाले डेरा गरी बस्ने घरमै बस्दै आएका मदन भट्टराईको पनि पोलिग्राफ जाँच गरेको छ ।

पोष्टमा र्टम रिपोर्टमा रीनाको करङ भाँच्चिएको, टाउकोमा भित्री चोट देखिएको, छातीभित्र रगत जमेको देखिएको प्रहरीको भनाइ छ ।

रिनाको पे्रमी कमल, कमलकी श्रीमती मनिता र छिमेकी मदनको प्रारम्भिक बयान बाझिएपछ पोलिग्राफ जाँच गरेको प्रहरीको भनाइ छ ।

कसैले ठेलिदिएको हुन सक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गर्दै आएको छ ।उनले प्रयोग गर्ने मोबाइलमा घटना भएको रात आएको फोनको डिटेल, सामाजिक सञ्जालका म्यासेन्जरहरु जाँच गर्दा उनीसँग कसैको वार्ता नभएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले तीनजनाको पोलिग्राफ जाँच गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘‘यसअघि बयान पनि लिएका थियौं तर थप अनुसन्धानका लागि पोलिग्राफ पनि जाँच पनि गरिएको हो ।’’

यो जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने डिएसपी श्रेठले बताए । नेपाल प्रहरी हिरासतमा छन् ।

मदन परिवारको साथमा मृतक रीना बस्दै आएको फ्ल्याटको पूर्वतर्फको भागमा बस्दै आएका छन् । मोरङ प्रहरीले यो घटनामा ३७ जनासँग लिखित बयान लिएको र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...