रिना बस्नेतको हत्याराको नजिक प्रहरी ….



हाम्रो इकोनोमि

 

मोरङको पथरी: वैशाख ७ गते शनिबार बिहान बस्नेतको निर्वस्त्र शव आफ्नै डेरा अगाडिको सडकमा घोप्टो अवस्थामा रीना बस्नेत को शब फेला परेको थियो।

त्यो घटनाको सुक्ष्म र गहन अनुसन्धान गरिरहेको मोरङ प्रहरीले शङ्कास्पद तीन जनाको पोलिग्राफ जाँच गराएको छ ।

प्रहरीले रीनाको प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीनाले डेरा गरी बस्ने घरमै बस्दै आएका मदन भट्टराईको पनि पोलिग्राफ जाँच गरेको छ ।

पोष्टमा र्टम रिपोर्टमा रीनाको करङ भाँच्चिएको, टाउकोमा भित्री चोट देखिएको, छातीभित्र रगत जमेको देखिएको प्रहरीको भनाइ छ ।

रिनाको पे्रमी कमल, कमलकी श्रीमती मनिता र छिमेकी मदनको प्रारम्भिक बयान बाझिएपछ पोलिग्राफ जाँच गरेको प्रहरीको भनाइ छ ।

कसैले ठेलिदिएको हुन सक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गर्दै आएको छ ।उनले प्रयोग गर्ने मोबाइलमा घटना भएको रात आएको फोनको डिटेल, सामाजिक सञ्जालका म्यासेन्जरहरु जाँच गर्दा उनीसँग कसैको वार्ता नभएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले तीनजनाको पोलिग्राफ जाँच गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘‘यसअघि बयान पनि लिएका थियौं तर थप अनुसन्धानका लागि पोलिग्राफ पनि जाँच पनि गरिएको हो ।’’

यो जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने डिएसपी श्रेठले बताए । नेपाल प्रहरी हिरासतमा छन् ।

मदन परिवारको साथमा मृतक रीना बस्दै आएको फ्ल्याटको पूर्वतर्फको भागमा बस्दै आएका छन् । मोरङ प्रहरीले यो घटनामा ३७ जनासँग लिखित बयान लिएको र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...