सासु ससुराकै मिलेमतोमा सरिताको हत्या , भएको !! श्रीमान.. पुरा पढ्नुहोस (भिडियो हेर्नुहोस ‘



 

मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले भने, ‘अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिँदैछ, हिरासतमा राखी थप अनुसन्धान गर्दैछौँ।’

प्रहरीले सरिताका श्रीमान् सुदीप, ससुरा पिताम्बर, सासु गङ्गा, जेठाजु केशव, जेठानी सङ्गीतालाई हिरासतमा राखी थप अनुसन्धान गर्न सोमबार १० दिनको म्याद थपेको छ।

प्रहरीले बैशाख १३ गते सरितालाई घाँटीमा नीलडाम भएको अवस्थामा मृत फेला पारेको थियो।

अघिल्लो दिन राति हत्या भएको र भोलिपल्ट मात्रै परिवारले प्रहरीलाई खबर गरेको अनुसन्धानबाट खुलेको छ।

सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृतक अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले बैशाख १३ गते नै प्रहरीमा जाहेरी दर्ता गरेका थिए।

प्रहरीले जाहेरीका आधारमा सोही दिन गाउँ छाडेर भाग्ने तरखरमा रहेका श्रीमान् सुदीप तथा परिवारका अन्य सदस्यलाई गिरफ्तार गरेको थियो। घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले शिक्षण अस्पताल काठमाडौंमा मृतकको शव परीक्षण गराएको छ।

परीक्षण रिपोर्टले पनि श्रीमान् एक्लैबाट सरिताको हत्या नभएको देखाएको प्रहरीले जनाएको छ। सरिताको रहस्यमय मृत्यु भएको जनाउँदै स्थानीय महिलाले बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दबाबपूर्ण प्रदर्शन गरी सत्यतथ्य छानबिनको माग गरेका थिए।

स्थानीयका अनुसार चार वर्षअघि सरितासँग विवाह गरेका सुदीप दुई वर्षदेखि मानसिक रोगी थिए।

सुदीप र सरिता बाबुआमासँगै एउटै घरको भुइँतलामा बसेको भए पनि खाना भने अलग्गै खाँदै आएको जानकारी दिए । –

यो पनि हेर्नुहोस :
आफ्नो भाग्य अब आफै थाहा पाउनुहोस् नामको पहिलो अक्षरबाट यसरि (पुरा पढ्नुहोस )
यसैक्रममा जन्मदाको तिथी, मिति र समयका आधारमा नामाकरण हुने गरेको छ ।

जसबाट मानिसको स्वभाव र चरित्र छुट्याउन सकिने ज्योष विज्ञानको दाबी रहेको छ । नाम कुन अक्षरबाट उठेको छ त्यो हेरेर आफ्नो चरित्र आफै छुट्याउन सकिन्छ ।

चु चे चो ला: यी अक्षरबाट नाम भएकाहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुबिशेषज्ञ , ब्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन्।

लि लु ले लो : ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यबादी, बिजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै बिचार गर्ने, अस्थीर बुद्धि

अ इ उ ए : पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशाबादी, असल ब्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक

ओ बा बि बु : पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने ।

बे बो क कौ : धैर्यशील, कुशलबक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, बिबेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, बिद्धान, बिदेशबाट लाभ, देशभक्त ।

कु ध छ : पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, ब्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने ।

के को ह ही : सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने ।

हु हे हो हा : कार्य कौशल, बुद्धिमान, दाता, ब्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन ब्यबस्थामा संलग्न रहने ।

डि डु डे डो : छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दुराचारी, झुठ बोल्ने ।

यो पनि हेर्नुहोस :
प्रधानमन्त्री ओलीले भने–निर्मला पन्तको हत्यारा पत्ता लाग्थ्यो, तर…पुरा पढ्नुहोस (भिडियो )
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निर्मला पन्तको हत्यारा यसअघि नै सजिलै पत्ता लाग्थ्यो’ भन्ने दाबी गरेका छन् ।

राजनीतिक दल र गैरसरकारी संस्थाका कारण हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणबारे भने, ‘निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो ।’

निर्मला पन्त प्रकरणलाई राजनीतिक मुद्दा बनाएर सरकारका विरुद्ध सुरुदेखि नै तमासा देखाउने काम भएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीले दाबी गरे ।संसदीय दलको बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले १२ वर्ष अगाडिका अपराधका मुद्दाहरुमा गिरफ्तार भइरहेका छन् ।

व्यापक रुपमा गिरफ्तार भइरहेका छन् । एउटा निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो । तर, राजनीतिक पार्टी र गैरसरकारी संस्थाहरु मैदानमा उत्रिए । … पहिलो दिनदेखि सरकारका विरुद्ध तमासा गर्ने काम सुरु भयो ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘घटना घट्न पाएको छैन, फलानोलाई किन गिरफ्तार गरेको, फलानोलाई किन गिरफ्तार नगरेको, भनियो’ प्रधानमन्त्रीले भने, ‘राजनीतिक पार्टीका कारण निर्मला पन्तबारे निश्पक्ष छानविन हुन पाएन ।’ निर्मला पन्तका बुबा र आमालाई मानसिक सन्तुलन गुमाउने गरी राजनीतिक खेलौना बनाइएको प्रधानमन्त्रीले आरोप लगाए ।

‘निर्मलाका बुबा र आमालाई घेरेर बन्दीजस्तो बनाइयो । अनसन बसाइयो । मानसिक सन्तुलन गुमाउने अवस्थामा पुर्‍याइयो’, प्रधानमन्त्रीले भने, ‘यो प्रवृत्ति उचित होइन ।’

निर्मला पन्त प्रकरणबाहेक अन्य अपराधका घटनामा भने सरकारले सफलता हात पारिरहेको प्रधानमन्त्रीले दाबी गरे ।

देशमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको उनले आफ्नो दलका सांसदहरुलाई सुनाए । निर्मला पन्तको हत्यारा पत्ता नलागे पनि देशमा शान्ति सुरक्षाको स्थितिमा अभुतपूर्व सुधार देखिएको प्रधानमन्त्रीले दाबी गरे ।

उनले भने, ‘त्यो एउटा घटना पत्ता लागेन, तर अरु तमाम घटनाहरुमा अपराध यसरी पत्ता लागेको छ कि अहिलेजति समाजमा शान्ति सुव्यवस्था कायम भएको छ, त्यति विगत निकै धेरै वर्षदेखि कायम भएको थिएन ।

’निर्मला पन्तको हत्यारा पनि समय क्रममा पक्राउ पर्ने र यो घटनालाई राजनीतिक गर्नेहरुको पनि खुलासा हुने प्रधानमन्त्रीले दाबी गरे ।

प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणमा ‘तमासा देखाइएको’ भनेता पनि स्थानीय प्रहरी प्रशासनले छानविनमा सुरुदेखि नै लापरवाही गरेका कारण

पीडितको पक्षमा सहानुभूति राख्नेहरु आन्दोलनमा उत्रिएका थिए । स्थानीयबासीहरु आन्दोलनमा नउत्रिएको भए यो घटना त्यत्तिकै सामसुम हुने स्थिति थियो । किनभने, देशभरिका यस्ता बलात्कारका कैयौं घटनाहरु त्यत्तिकै सामसुम हुँदै आएको स्थिति छ ।

त्यसो त निर्मला पन्तका हत्यारालाई कारवाही गर्ने वा यो घटनाको छानविन गर्ने कार्यमा स्थानीय प्रहरी प्रशानबाट लापरवाही भएको कुरा स्वयं ओली सरकारले स्वीकार गरिसकेको छ ।

अनुसन्धानमा लापरवाही गरेको आरोपमा केपी ओली नेतृत्वको सरकार आफैंले कञ्चनपुरका एसपी लगायत प्रहरी टोलीलाई निलम्बनको कारवाही गरेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु