प्रधानमन्त्री र राष्ट्रपतिको फोटो जोडेर अश्लील स्टाटस राख्ने पक्राउ



हाम्रो इकोनोमि

 

सरकारले पछिल्लो समय सामाजिक सञ्जाललाई सभ्य बनाउँन थालेको छ । आपत्तिजनक तस्वीर वा टिप्पणी गर्नेहरु प्रहरी नियन्त्रणमा आउँन थालेका छन् ।

यो बिचमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक कुरा फैलाउने एकजना प्रकाउ परेका छन् । प्रकाउ परेका व्यक्ति प्रधाननाध्यापक भएको खुल्न आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीर अतिरन्जित गर्ने व्यक्ति सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...