प्रधानमन्त्री र राष्ट्रपतिको फोटो जोडेर अश्लील स्टाटस राख्ने पक्राउ



हाम्रो इकोनोमि

 

सरकारले पछिल्लो समय सामाजिक सञ्जाललाई सभ्य बनाउँन थालेको छ । आपत्तिजनक तस्वीर वा टिप्पणी गर्नेहरु प्रहरी नियन्त्रणमा आउँन थालेका छन् ।

यो बिचमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक कुरा फैलाउने एकजना प्रकाउ परेका छन् । प्रकाउ परेका व्यक्ति प्रधाननाध्यापक भएको खुल्न आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीर अतिरन्जित गर्ने व्यक्ति सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...