प्रियन्का चोपडा यस्तो रुपमा देखिएपछि प्रशंसकले गरे हमला (फोटोफिचर)



हाम्रो इकोनोमि

 

न्यूयोर्कमा भएको मेट गालामा बलिउड अभिनेत्री दिपीका पादुकोण ,प्रियन्का चोपडा सहभागि भए । दिपिका एक्लै पुगेकी थिइन् भने प्रियन्का पति निक जोनससंगै पुगेकी थिइन् ।

उक्त समारोहमा प्रियन्काले लगाएको पहिरनले सबैको ध्यान खिचिरहेको छ । यो तस्बिर जुन मौकाका हो त्यसलाई कस्ट्युम इन्स्टिच्युट गाला वा मेट बल पनि भनिन्छ ।यो न्यूयोर्कमा मेट्रोपोलेटिन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्यूटको लाभका लागि फन्डरेन्जिङ गाला हो । कस्ट्यूम इन्स्टिच्यूटको वार्षिक फेशन एग्जिबिटको सुरुवात पनि यसैमार्फत् हुन्छ । सेलिब्रिटीले हरेक वर्ष एग्जिबिटको थिम अनुसार पहिरन छान्छन् र लगाउँछन् ।

प्रियंका चोपडाका लागि मेट गाला यसकारण पनि चर्चामा छ किनभने प्रियंका र निकको पहिलो भेट यसै समारोहमा भएको थियो । यो कुरा प्रियंकाले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छिन् ।यो समारोहमा प्रियंकाबाहेक अभिनेत्री दीपिका पादुकोण पनि समावशे भइन् । तर सोसल मिडियोमा दीपिकाको नभई प्रियंकाको अत्यधिक चर्चा भइरहेको छ ।


प्रियंकाको पहिरनमा मानिसहरुले के भने ?

बीबीसी हिन्दीमा प्रियंकाको तस्बिर पोष्ट गरिएको थियो । त्यसमा केही मिनेटभित्रै हज्जारौं बढी प्रतिक्रिया आएको थियो ।

आदिल अली लेख्छन्, ‘यस्तो लाग्छ कि हेलोविन पार्टी हुँदैछ ।’

अनिष लेख्छन्, ‘प्रियंकालाई जोनी लिभरजस्तो देखिएको छ ।’

शिव कुमार गुप्ताले लेखे, ‘प्रियंका भारतबाट त मानिसको रुपमा गएकी थिइन्, भारत छोडेपछि उनलाई के भयो ?’ललित राय लेख्छन्, ‘निक जोनस आफ्नो संस्कृति अनुसरण गरिरहेका छन् । प्रियंका उनको रंगमा रंगिइन् । प्रियंकासँग कुनै गुनासो छैन । यो उनको जीवन हो । तर निकका लागि हल्का ताली बजाउनुपर्छ ।’

मञ्जी नामका प्रयोगकर्ताले लेखे, ‘प्रियंका आफ्नो फेशन सेन्स भारतमा नै बिर्सिएकी छिन् । उनी भारत फर्कनुपर्छ ।’आशिष गुप्ताले लेखे, ‘यो के पागलपन हो । तिमीले त तिम्रा प्रशंसकलाई हमलै नगरी मार्नेछौ ।’

डा. अंशु चौहान लेख्छिन्, ‘यदि फेशन यस्तो हो भने मलाई आफ्नो साधारण जीवनमा घमण्ड छ ।’

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा

    चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...