१३ जना यात्रु लिएर उडेको विमान दुर्घटनाग्रस्त, सबैको ज्यान गएको आशंका



हाम्रो इकोनोमि

 

एक निजी विमान दुर्घटनामा परेको छ । अमेरिकाको लसभेगसबाट आइरहेको विमान मेक्सिको नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

उद्धार टोली त्यसतर्फ गइसकेको जनाइएको छ । दुर्घटनामा कम्तीमा पनि १३ जना मारिएको आशंका गरिएको छ । एक अधिकारीका अनुसार बम्बार्डियर चैलेञ्जर ६०१ शनिबार राति लस भेगसबाट मन्टेरीको लागि उडेको थियो ।

आइतबार उत्तरी मेक्सिकोको कोएहिला राज्य नजिकै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो । विमान त्यहीबेलामा दुर्घटनाग्रस्त भएको आशंकामा खोजि कार्य तिव्र बनाइएको थियो ।

यो भन्दा पहिले मेक्सिकोका एक मन्त्रीले दुर्घटनामा सबैको मृत्यु भयो वा कोही बाँचे जानकारी नआएको जनाउनु भएको थियो । उक्त विमानमा ११ जना यात्रु र २ जना चालक दलका सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...