१३ जना यात्रु लिएर उडेको विमान दुर्घटनाग्रस्त, सबैको ज्यान गएको आशंका



हाम्रो इकोनोमि

 

एक निजी विमान दुर्घटनामा परेको छ । अमेरिकाको लसभेगसबाट आइरहेको विमान मेक्सिको नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

उद्धार टोली त्यसतर्फ गइसकेको जनाइएको छ । दुर्घटनामा कम्तीमा पनि १३ जना मारिएको आशंका गरिएको छ । एक अधिकारीका अनुसार बम्बार्डियर चैलेञ्जर ६०१ शनिबार राति लस भेगसबाट मन्टेरीको लागि उडेको थियो ।

आइतबार उत्तरी मेक्सिकोको कोएहिला राज्य नजिकै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो । विमान त्यहीबेलामा दुर्घटनाग्रस्त भएको आशंकामा खोजि कार्य तिव्र बनाइएको थियो ।

यो भन्दा पहिले मेक्सिकोका एक मन्त्रीले दुर्घटनामा सबैको मृत्यु भयो वा कोही बाँचे जानकारी नआएको जनाउनु भएको थियो । उक्त विमानमा ११ जना यात्रु र २ जना चालक दलका सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...