इटहरी यातायातको लेखापालः ५ कराेड भ्रष्टाचार, ४ श्रीमती



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा हालेको छ ।

अख्तियारका अनुसार जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र हुन्छ ।

तर, उनको परिवारले गरेको खर्च र लगानी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अवैध आम्दानी गरेको अख्तियारको दाबी छ ।

अवैध आम्दानी चार श्रीमती दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ, सासु पुष्पकुमारी निरौला र मामा बलराम शर्माकोे नाममा घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद र बैंकमा रकम राखेको पाइएको छ ।

अख्तियारले अधिकारीसँगै ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५९ असोज १६ गते रोल्पाको तेवाङ गाविसको सचिवबाट सरकारी सेवा सुरु गरेका उनले २०६० जेठ २६ देखि २०६५ चैतसम्म नेपाल टेलिकमको चौथो तहको सहायक स्तरको पदमा काम गरे ।

२०६५ चैतमा लोक सेवा आयोगको परीक्षा उतीर्ण गरेका उनी कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा काम गरेका थिए ।

२०६७ चैत २० देखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय कोशीको लेखापाल थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...