आईपीएल हेर्न गएकी युवती भाइरल, एकै रातमा डेढ लाख फलोअर्स



हाम्रो इकोनोमि

 

मान्छे कतिबेला चर्चित भइदिन्छ, कसैलाई थाहा हुँदैन ।

केही समय अघि भारतकी एक युवती प्रिया प्रकाश वारियर एउटा भिडियोमा आँखा झिक्याएको अभिनय गर्दा भाइरल बनेकी थिइन् । दक्षिण एसियाका केटाहरुको उनी साझा ‘क्रस’ नै बनिसकेकी थिइन् ।

अहिले पनि त्यसैगरी एक युवती भाइरल भएकी छन् । भारतमा जारी आईपीएल खेल हेर्न गएकी एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी हुन् ।

शनिबार राति भएको रोयल च्यालेजर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीचको खेल हेर्न युवती एम चिन्नस्वामी स्टेडियम बैंग्लोर पुगेकी थिइन् ।

खेल हेर्न मैदान गएकी उनले बैंग्लोरले चौका–छक्का लगाउँदा र विकेट लिँदा दिएको फरक–फरक एक्प्रेसन क्यामेरामा कैद भएर प्रसारण भएपछि उनलाई भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राष्ट्रिय क्रस’को उपमा दिएका छन् ।

खेल समयमा उनको एक्सप्रेसन सयौँपटक टेलिभिजमा देखिएको थियो । बैंग्लोर बस्दै आएकी उनको नाम दीपिका घोस हो । सामाजिक सञ्जालमा भाइरल भएसँगै उनको इंस्टाग्राममा फलोअर्सको संख्या पनि ह्वात्तै बढेको छ । हिजो रातिसम्म २–३ सय मात्र फलोअर्स रहेको उनको इंस्टाग्राममा यो समाचार तयार पार्दासम्म १ लाख ५२ हजारले फलो गरिसकेका छन् ।

दीपिकाले आफ्नो इंस्टाग्रामको स्टोरीमा आफ्नोबारेमा बनेका सबै ट्रोलहरुलाई सेयर गरेकी छन् । यस्तै आफ्नो नाममा धेरै फेक एकाउन्ट बन्न थालेपछि उनले आफ्नो कुनैपनि एकाउन्ट नरहेको र यहि नै सक्कली एकाउन्ट भएको बताएकी छन् । साथै उनले आफ्नो कुनैपनि ट्वीटर एकाउन्ट नभएको पनि स्पस्ट पारेकी छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...