अमिताभको स्वास्थमा समस्या, ट्विटरमा गरे भावुक पोष्ट



हाम्रो इकोनोमि

 

 बलिउड महानायक अमिताभ बच्चन प्रत्येक आइतबार आफ्नो घर बाहिर फ्यानहरुसँग भेट्ने गर्छन् ।

उनका फ्यान उनको एक झलक पाउन बिहानै बाहिर जम्मा हुने गर्छन् ।

यहि क्रम ३४ बर्षदेखि चल्दै आएको थियो । तर हिजो आइतबार अमिताभ बच्चनको स्वास्थमा समस्या देखिएपछि सो क्रमभंग भएको छ ।

उनले आफै ट्विटरमा सो कुराको जानकारी दिए ।  फ्यानहरुले सुस्वास्थ्यको कामना गर्दै पष्ट गरेका छन् । सो देखेर अमिताभ बच्चनले ट्विटरमा भावुक पोष्ट गरेका छन् ।

अमिताभ बच्चनले लेखे – ‘ मलाई थहा थिएन एक आइतबार आफुलाई चाहानेहरुसँग जलसाको द्वारमा नभेटनाले यती ठुलो समाचार बन्नेछ ! तपाई सबैलाई स्नेह प्रति मेरो आदर र सम्मान।’

बिग बीको सो पोष्टपछि फ्यानले कमेन्ट गर्दै उनको लामो आयुको कामना गरेका छन् ।  बिग बीले आफ्नो स्वास्थमा समस्या भएको जानकारी ट्विट गरेर दिएका थिए ।

अमिताभले लेखेका थिए – ‘आज आइतबार तपाईहरुसँग भेट्न पाउने छैन । स्वास्थ ठिक छैन, जलसाको द्वारमा आउन सक्दिन ।’ अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...