रिना मृत्यु प्रकरणको सनसनीपूर्ण खुलसा



हाम्रो इकोनोमि

 

 

पथरीकी रिना बस्नेत प्रकरणमा पक्राउ परेको रिनाको ब्वाईफेण्ड कमल नेपालको श्रीमतीको पोलिग्राफी टेष्ट गरिएको छ । पक्राउ परेका रिनाको ब्वाईफेण्ड भनिएका कमल नेपालले प्रहरी समक्ष सनसनीपूर्ण खुलसा गरेका छन ।

पथरीकी रिना बस्नेतको शंकास्पद र रहस्यमय मृत्यु भएको आज १७ औ दिन पुगिसक्दा पनि यर्थाथ घट्ना बाहिर आएको छैन ।

हत्या आफुले नगरेको प्रहरी समक्ष बयान दिएका नेपालले आफु छुटे सँगै घट्नाको पर्दाफास गर्ने बताएका हुन । आफु मृत्यु सँगको घट्नामा संलग्न नभएको बताउँदै उनले आफु निर्देश रहेको दाबी गरेका हुन ।

रिनाको पोस्टमार्टम रिपोर्टबाट उनको मृत्यु हत्या नभइ दुर्घटना भएको हुन सक्ने प्रहरीले बताउँदै आए पनि अनुसन्धान भने अझै गरिहेको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले कमल नेपाल उनकी श्रीमती मनिात र अर्काे एक जनाको पोलिग्राफी टेष्ट गरेको बताए ।

यसको रिर्पाेट केही दिन भित्रै आउने छ । अहिले कमल भने प्रहरी अनुसन्धानमै छन् उनले भने ।

रिनाको मृत्युु भए सँगै प्रेमी भनिएका कमल नेपालको श्रीमती अनुसन्धानको घेरामा रहेको प्रहरीले बताएको छ । तर मनिताले भने घटना भएको श्रीमान र आफू घरमै रहेको समेत खुलाएकी छिन । तर अर्को रोचक कुरा के छ भने रिनाको मृत्यु भएको खबर श्रीमानले नै उनिलाई फोन मार्फत जानकारी दिएको अन्तर्वातामा बताएकी छिन ।

श्रीमान श्रीमती बिचको गोप्य कुरा पनि कमल नेपालले मृत रिनालाई बताउँदै आएको पनि अन्तर्वार्ता बाट खुल्न आएको छ । थरी प्रहरीलाई पनि टाउको दुखाईको बिषय बनेको यस घटनाले पुरा सुरक्षा संयन्त्रलाई नै नराम्रो बनाएको छ । रिनाको प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा पनि बलात्कार नभएको देखिएको हुदा बलात्कार पछी हत्या गरिएको भन्ने स्थानीयको अनुमान गलत साबित भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...