श्रीदेवीकी कान्छी छोरी खुशीको यस्तो अवतार : बलिउडलाई मात ख्वाउने संकेत ! [१० हटफोटोसुट]



हाम्रो इकोनोमि
 

बलिउडमा स्वर्गिय अभिनेत्री श्रीदेवीलाई विशेष सम्मानको साथ लिने गरिन्छ । उनका अहिले पनि संसारभर लाखौं करोडौंको संख्यामा सर्मथक रहेका छन । उनी मरेर गएको भए पनि उनको अभिनय अहिलेसम्म जिउँदैं छ । आफ्नो अभिनयको जादूबाट करोडौं मुटुहरुको धड्कन बनेकी बलिउडकी स्वर्गिय अभिनेत्री श्रीदेवीकी जेठी छोरीले अब त्यो स्थान लिने देखिएको छ ।

यसैवर्ष फिल्म “धडक” बाट बलिउडमा उनले कदम राखिन् । दर्शकहरुले फिल्मलाई मन पनि पराए । अब यसैबीच श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले पनि बलिउडमा चाँडै डेब्यू गर्ने खबर आएका छन् । यसको खुलासा फिल्म निर्माता तथा निर्देशक करण जोहरले गरेका हुन् । भारतीय मिडियामा आइरहेको खबर अनुसार खुशी चाँडै नै कलाकार जावेद जाफरीका छोरा मिजानसँग बलिउडमा डेब्यू गर्नेछिन् ।

केही दिन अघि करण जोहर नेहा धुपियाको चर्चित शो “नो फिल्टर नेहा” मा पाहुनाको रुपमा पुगेका थिए त्यस दौरान करणले २०१९ मा बलिउडमा डेब्यू गर्ने स्टारकिड्सहरुका बारेमा बताएका थिए । करणले आगामी वर्षमा श्रीदेवीकी कान्छी छोरी खुशी र जावेद जाफरीका छोरा मिजानले सिने क्षेत्रमा डेब्यू गर्नसक्ने सम्भावना रहेको बताए मिजान एक डान्सर र सम्भावित ठूला स्टार बन्नेसक्ने क्षमता भएको करणले बताए । त्यस्तै उनले खुशी एकदमै सुन्दरी र प्यारी भएको पनि बताए । एजेन्सी

Comment

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...