श्रीदेवीकी कान्छी छोरी खुशीको यस्तो अवतार : बलिउडलाई मात ख्वाउने संकेत ! [१० हटफोटोसुट]



हाम्रो इकोनोमि
 

बलिउडमा स्वर्गिय अभिनेत्री श्रीदेवीलाई विशेष सम्मानको साथ लिने गरिन्छ । उनका अहिले पनि संसारभर लाखौं करोडौंको संख्यामा सर्मथक रहेका छन । उनी मरेर गएको भए पनि उनको अभिनय अहिलेसम्म जिउँदैं छ । आफ्नो अभिनयको जादूबाट करोडौं मुटुहरुको धड्कन बनेकी बलिउडकी स्वर्गिय अभिनेत्री श्रीदेवीकी जेठी छोरीले अब त्यो स्थान लिने देखिएको छ ।

यसैवर्ष फिल्म “धडक” बाट बलिउडमा उनले कदम राखिन् । दर्शकहरुले फिल्मलाई मन पनि पराए । अब यसैबीच श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले पनि बलिउडमा चाँडै डेब्यू गर्ने खबर आएका छन् । यसको खुलासा फिल्म निर्माता तथा निर्देशक करण जोहरले गरेका हुन् । भारतीय मिडियामा आइरहेको खबर अनुसार खुशी चाँडै नै कलाकार जावेद जाफरीका छोरा मिजानसँग बलिउडमा डेब्यू गर्नेछिन् ।

केही दिन अघि करण जोहर नेहा धुपियाको चर्चित शो “नो फिल्टर नेहा” मा पाहुनाको रुपमा पुगेका थिए त्यस दौरान करणले २०१९ मा बलिउडमा डेब्यू गर्ने स्टारकिड्सहरुका बारेमा बताएका थिए । करणले आगामी वर्षमा श्रीदेवीकी कान्छी छोरी खुशी र जावेद जाफरीका छोरा मिजानले सिने क्षेत्रमा डेब्यू गर्नसक्ने सम्भावना रहेको बताए मिजान एक डान्सर र सम्भावित ठूला स्टार बन्नेसक्ने क्षमता भएको करणले बताए । त्यस्तै उनले खुशी एकदमै सुन्दरी र प्यारी भएको पनि बताए । एजेन्सी

Comment

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...